गैँडाकोट, १७ साउन । नवलपरासीकै सवैभन्दा अग्लो शिवलिङग गैँडाकोटमा बन्ने भएको छ । सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिमा केशव कार्कीको आर्थिक सहयोगमा ३० फिट अग्लो शिवलिङग बन्ने भएको हो । प्रभु हाउजिङ प्रालिका प्रमुख कार्कीले करिव ३० लाखको लागतमा शिबलिङग बनाउने उद्घोष गरेका हुन् । सोमबार गैँडाकोट ६ को सीताराम मन्दिरमा भएको कार्यक्रममा बोल्दै कार्कीले धर्म संस्कृतिको रक्षा गर्न आफूले शिबलिङग बनाउन लागेको बताएका थिए । कार्यक्रममा कालिका मन्दिर कालिका आश्रमका पिठाधिस १००८ समानन्द गिरी, समाजसेवी ओमप्रसाद सापकोटा, युवा पण्डित चेतनाराज कँडेल लगायतले नवलपरासीमा सबैभन्दा अग्लो शिवलिङ्ग वन्न लागेको खुसी व्यक्त गरेका थिए । उनीहरुले कार्कीको सहयोगमा बन्ने ३० फिट अग्लो शिबलिंगले गैँडाकोटकै पर्यटकीय विकास गर्ने विश्वास व्यक्त गरे । गैँडाकोटको धार्मिक तथा ऐतिहासिक महत्वका लागि सीताराम मन्दिरमा निर्माण हुन लागेको शिवलिङग कोशेढुंगा सावित हुने मन्दिरका अध्यक्ष हिमलाल सापकोटाले बताए ।  
 
Top