
साउन २२– तनहुँको छाङ्ग ४ गैह्राका
बेलबहादुर थापा ११ वर्ष देखि मलेसियामा बेपत्ता हुनु भएको छ । २०६० सालमा मलेसिया गएका बेलबहादुर गएको दुई वर्षसम्म परिवारको सम्पर्कमा रहेपनि त्यसपछि कुनै खबर नआएको परिवारले जनाएको छ ।
लामो समयदेखि बेलबहादुरले फोन नगरेपछि परिवार चिन्तामा छन् । बेलबहादुरको परिवारमा बुबा आमा, दुई छोरा र श्रीमती छन् । बेलबहादुरका बुबा प्यारालाइसिसले थलिनु भएको छ ।
परिवारले बेलबहादुरको खोजी गरिदिन आग्रह गरेका छन् ।