रत्ननगर (चितवन) । चितवनको रत्ननगरमा अस्ती २८ गते शुक्रबार एक युवाको रहस्यमयरुपमा मृत्यु भएको छ ।

 २८ गते शुक्रबार  बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा स्थानीय २५/२६ वर्षका विप्लव देवकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान करिब ३:३० बजेको समयमा रत्ननगर नगरपालिका–११ जिरौनाका देवकोटाको आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
 घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस


 
Top