भरतपुर । विगत पाँच वर्षदेखि चितवनमा अलपत्र परेकी एकजना फिलिपिन्सकी महिलाको उद्धार गरिएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी फिलिपिन्सकी जोयालेन ग्रेस टेलरमो माईजेरेस नाम गरेकी ती महिला त्यहाँबाट सौराहाका जीवन थापाको साथमा पर्यटक भिषा लिएर नेपाल आएकी थिइन् ।
दुव्र्यसनीमा परेका थापालाई सहयोग गरी उनले नेपाल ल्याएकी हुन् । एक महिने भिषा अवधि भए पनि थापासँगै विवाह गरेर उनी नेपालमै बसिन् । उनीहरुबाट एक छोरा र छोरी पनि भए । तर, घरेलुहिंसामा परेर जोयालेनको सडकमा बास भयो ।
यसैक्रममा गत वैशाख २ गते नारायणगढको बालकुमारी रोडमा दुई नावालकसहित अलपत्र अवस्थामा भेटिएकी ती फिलिपिनो महिलालाई पुनसर््ंथापना केन्द्र आदर्श गृहले झण्डै चार महिना आश्रय दिएर आवश्यक कागजपत्र तयार गरी स्वदेश फर्काउन लागेको हो ।
नेपाल आउनासाथ उनको पासपोर्टसहितका कागजातसँगै आएका जीवनले नष्ट गरेका थिए । स्थानीय महिला अधिकारकर्मी, प्रशासन, प्रहरी, जिल्ला न्यायाधिवक्ताको कार्यालय, महिला तथा बालबालिका कार्यालय, फिलिपिन्स दूतावाससहितको संयुक्त प्रयासमा आवश्यक कागजात तयार गरी स्वदेश फर्काउन सम्भव भएको आदर्श गृहका सूचना संयोजक अर्जुन अधिकारीले बताए ।
जोयालेन दुई नावालकसहित आगामी सोमबार फिलिपिन्स फर्कंदैछिन्् । उनलाई शुक्रबार महिला पुनसर््ंथापना केन्द्र आदर्श गृहले एक औपचारिक कार्यक्रमबीच बिदाई गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने, प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शान्ता पौडेलसहित जिल्लाका महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
अलपत्र विदेशी महिलालाई स्वदेश फर्काउन अगुवाई गरेकी आदर्श गृहकी प्रमुख मीना खरेलले जोयालेनले नेपालमा भोगेको हिंसा र दुःखले मर्माहत बनाएको बताइन् ।
उनले जोयालेनलाई फर्काउन नेपालका सरकारी निकाय र फिलिपिन्स दूतावासले सकारात्मक भूमिका खेलेको जानकारी दिइन् । नेपालमा भिषारहित रहेको अवधिको जरिवानावापतको सात लाख रुपैयाँ पनि फिलिपिन्स दूतावासले बेहार्ने भएको खरेलले जानकारी दिइन् ।
Chitwanpost daily