चितवन, साउन ३२–

गाइजात्रा नजिकिदै गर्दा यतिबेला देशभरिका हास्य कलाकारहरुलाई भ्याई नभ्याई छ । प्राय सबै कलाकार आ–आफ्नो गाइजात्रे प्रस्तुति दिन ब्यस्त छन् । यस्तैमा चितवनमा रहेर बिगत एक दशकदेखि हास्य कलाकारितामा सक्रिय संचारकर्मी रामु आचार्यले गाइजात्रे झटारो ‘वा रे जनता वा वा वा’ बजारमा ल्याउनु भएको छ ।

आचार्यकै शब्द, संगीत र आवाजमा सजिएको यो गाइजात्रे गीतले नेपालको वर्तमान राजनीति र सोझा नेपाली जनताको अवस्थालार्इ व्यंग्य गरेको छ । धौलागिरि भजन समूह रत्ननगर–७ को सहयोगमा यो गीतको अडियो र भिडियो तयार भएको हो ।

गीतलाई एम.एस. मिडिया एण्ड एड्भटाइजिङ्ग प्रा.लि.ले बजार ब्यबस्थापन गर्ने जिम्मा लिएको छ । गीतलाइ अहिले युट्युबमा धेरै दर्शकहरुले रुचाइरहेका छन् ।

 
Top