काठमाडौं, साउन ३१ – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटेको बस दुर्घटना हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । बा ३ ख १०६ नम्बरको बस काभ्रेको बिर्ता देउराली– ९ को खहरे भिरबाट झण्डै साढे १ बजेतिर खस्दा अहिलेसम्म २३ जनाको शव निकालिएको घटनास्थलमा रहेका बिर्ता देउराली गाविसका सव–इन्जिनियर नरेश कार्कीले जानकारी दिनुभयो ।
उद्धारको काम अहिले पनि चलिरहेको छ । बसमा ५० जना बढी यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले अहिले उद्धारको गरिरहको छ । घाइतेहरुलाई अस्पताल लान तीन वटा एम्बुलेन्स घटना स्थलमा पुगिसेका छन् ।
उद्धारको काम अहिले पनि चलिरहेको छ । बसमा ५० जना बढी यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले अहिले उद्धारको गरिरहको छ । घाइतेहरुलाई अस्पताल लान तीन वटा एम्बुलेन्स घटना स्थलमा पुगिसेका छन् ।