भरतपुर । नारायणी सामुदायिक हस्पिटल भरतपुरमा उपचारका लागि ल्याएका बालकको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
नारायणी नगरपालिका–२ तेलौली बस्ने ३६ वर्षीय जगन्नाथ अर्यालको ३ वर्षीय छोरा सुप्रिम अर्याललाई ज्वरो आएपछि उपचारका लागि अस्पताल ल्याएकोमा अस्पतालमा भर्ना गरी सुई लगाएको १५ मिनेट पनि नबित्दै बालकको मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको बताएका हुन् ।
सुई लगाउने बित्तिकै बच्चामा अस्वभाविक शारीरिक परिवर्तन देखिएपछि तत्कालै आइसीयू कक्षमा लादै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् ।
बच्चाको मृत्युपछि अस्पतालसँग मृत्युको विषयमा आफन्तले आक्रोश पोखेका थिए । अस्पतालका सञ्चालक समिति नआइ पुग्दै प्रहरी पुगेर अस्पतालमा सुरक्षा दिएको थियो । बच्चाको मृत्युका सम्बन्धमा आफन्त र अस्पताल संचालकबीच वार्ता भएको थियो ।
बच्चाको मृत्यु लापरबाहीकै कारण भएको अस्पताल प्रशासन स्वीकार गरेको छ । साथै मृतक परिवारलाई केही राहत रकम दिने र परिवारका अन्य सदस्यको जीवनभर निःशुल्क उपचार गर्ने सहमति भएको छ । यस सम्बन्धमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।