चितवन, भदौं ४–
रुट प्रमिट नभएपछि चितवनको माडी सडक खण्डमा चल्ने सवारी साधनहरु आज बन्द भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रुट प्रमिट विनाको सवारी साधन संचालनमा रोक लगाउन थालेपछि सो क्षेत्रमा संचालन भईरहेका सवारी साधनहरु बन्द भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार माडी रुटमा संचालनमा रहेका रुट प्रमिट नभएका १० वटा बसलाई नियन्त्रणमा लिएको छ । मन्त्रिस्तरीय निर्णय भएरै रुट प्रमिट विना सवारी साधान संचालनमा रोक लगाएपछि जिल्ला ट्राफिक कार्यालयले चितवनमा कडा निगरानी थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजन भेटवालले मन्त्रीस्तरीय निर्णय अनुसार निर्देशन आएकोले चितवनमा अहिले रुट प्रमिट विना संचालनमा रहेका सार्वजनिक सवारी साधनमा कडाई गरिएको नारायणी अनलाईनलाई जानकारी दिनुभयो । “शुक्रबार हामी केही सार्वजनिक सवारी साधनहरु नियन्त्रणमा लियो, रुट प्रमिट विना सवारी साधन संचालन हुन पाउँदैनन् ।”–उहाँले भन्नुभयो ।
उहाँका अनुसार माडीसंगै पश्चिम क्षेत्रमा संचालमा रहेका कुनै पनि सार्वजनिक बसहरुले रुट प्रमिट लिएका छैनन् । जसका कारण आज स्वत त्यस क्षेत्रमा संचालनमा रहेका बसहरु संचालनमा आउन सकेका छैनन् ।
यता चितवन यातायात व्यवसायी संघ र नारायणी यातायात व्यवसायी संघको माडी क्षेत्र संयोजक एवंम रुट व्यवस्थापन प्रमुख हितमान गुरुङले सरकारले यातायात व्यवसायी माथी अत्याचार गरको बताउनुभएको छ । नारायणी अनलाईनसंग कुरागर्दै संयोजक गुरुङले सरकारले रुट प्रमिट तत्काल उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो–“सरकारले रुट प्रमिट पनि नदिने, चल्न पनि नदिने, हाम्रो लाखौंको लगानी डुब्ने भयो ।” उहाँले तत्काल सरकारले यो समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
यातायात व्यवसायीहरुले रुट प्रमिटका लागि यातायात व्यवस्था कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । हाल माडीमा संचालनमा रहेका बसहरु राजमार्गहरुमा मात्र संचालन हुने अनुमती पाएको छ । जसका कारण प्रहरीले माडीमा संचालन हुन रोक लगाएको हो । त्यस क्षेत्रमा संचालन भएका बसहरुमा क्षमता भन्दा बढि यात्रुहरु राखिने गरिएकोछ । जसको कारण दुर्घटनाका संभावनाहरु धेरै हुने गरेको छ ।
चितवनमा म्याजिकहरुले अञ्चलभरत र टेम्पो जिल्लाभर चलाउन पाउने रुट प्रमिट छ । अन्य कुनै पनि सवारी साधनहरुमा ग्रामीण भेगमा संचालन हुने रुट प्रमिट छैन् । माडी क्षेत्रमा हाल तीन दर्जन भन्दा बढि बसहरु संचालनमा रहेका छन् ।
केही दिन यता ऋंखलाबद्ध रुपमा देशका विभिन्न भागमा भयानक बस दुर्घटनाहरु हुन थालेपछि सरकारले रुट प्रमिट विना संचालनमा रहेका सवारीहरुलाई संचालनमा रोक लगाउन निर्णय गरेको थियो । दुर्घटनामा परेका बसहरुको रुट प्रमिट नै नभएको भेटिएपछि यसप्रति सरकार तदारुक भएको हो ।

साभार : नारायणी अनलाईन