भरतपुर, असार २७
२६ गते दिउँसोकोे समयमा एक जोडी होटल कलशमा आए । कोठा बुक गरे । कोठा नम्बर २०१ मा श्रीमान् श्रीमती बताउने सो जोडी कोठामा दिनभर सँगै रहे । दिउँसो ४ बजेतिर पुरुष (नाम गोप्य) बाहिर निस्किए । केही समयपछि फेरि कोठामा फर्किए ।
राति अबेरसम्म सो कोठाबाट कोही पनि खानाका लागि बाहिर नआएपछि होटल कामदारले रातको १० बजेतिर कोठामा गएर हेर्दा कोठामा चाबी लगाइएको थियो । अर्को चाबीले ढोका खोली हेर्दा सिरकभित्र कोठा बुक गर्ने पुरुषले श्रीमती बताउने रिता भुजेल मृत अवस्थामा भेटिइन् ।
चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कलश होटलमा आइतबार भएको घटना हो यो । भरतपुर उपमहानगरपालिका–१६ मंलपुरकी २७ वर्षीया रिता भुजेल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाबारे प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख बसन्तबहादुर कँुवरले बताए । होटलमा सँगै गएका युवकले नै रिताको हत्या गरेर फरार रहेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।
सो युवककोे हुलिया पहिचान भइसकेको र छिटै पक्राउ गर्न सफल हुने समेत प्रहरीको दावी रहेको छ । युवतीको हत्या गरी युवक फरार भएका ती युवाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कुँवरले जानकारी दिए ।
बिहान फोनमा बहिनीले दिदी किस्ता तिर्नु छ, पाँच हजार चाहियो भनेको सम्झदै मृतक रिताकी दिदी रसिना घर्ति मगर भन्छिन्, “बिहान बहिनीले फोन गरेर पाँच हजार मागेकी थिई । छैन भनेपछि फोन नै काटी । छिमेकमा बजार जानु छ भनेर गएकी रहिछ ।”
रसिनाले भनिन्, “म धान रोप्न मेलामा गएको थिएँ । ५ बजे घर आएर फोन गर्दा उठाइन । एक किलो मासु लगेर मासु र ढिडो बनाएँ । दिदीबहिनी सँगै खाउँला भनी कुरेर बस्दा पनि बहिनी नआएपछि अरुको मोबाइलबाट फोन गरेँ । फोन उठेन ।”
“बहिनीको १० वर्षको छोरा छ, उस्लाई सम्झाएर सुताएँ”, मृतक रिताकी दिदी रसिना रुँदारुँदा सुकिसकेका अाँखा पुछ्दै थप्छिन्, “करिव दश बजेतिर जिल्ला प्रहरी कार्यालय आउनका लागि रिताको साथी सरिता श्रेष्ठको मोबाइलमा फोन गएसँगै के भो भनेर आत्तिएँ । रातिको समय ढड्डाघारीबाट आउने गाडी नपाएपछि प्रहरीकै गाडीमा सीधै होटलमा गएँ । होटलमा सिरकभित्र बहिनीको मृत शरीर देखेपछि केही सोच्नै सकेको छैन ।”
बहिनीलाई एक हप्ताअगाडि एक केटाले फोन गरेको सम्झँदै रसिना भन्छिन्, “दिदी म रिताको श्रीमान्को साथी रिताको फोन उठेन भनेर फोन गरेको थियो । बहिनीले कहिल्यै मोबाइल हेर्न दिँदैनथी । एक दिन हेर्दा आज प्रहरीले देखाएको केटाको फोटो देखेको थिएँ । यस्तो होला भनेर सोचेको थिइनँ ।”
रसिनाले भनिन्, “भगवानजस्ता ज्वाइँ छन् । अब ज्वाइँ र छोरालाई कसरी सम्झाउने ।” वैशाख महिनासम्म रिताको साथमा आफ्नै छोरी रहेको बताउँदै रसिनाले भनिन्, ज्वाइँले दुःख गरेर पठाएको पैसाले घर बनाउँदै थिई ।” बहिनी ज्वाइँ र छोरा त्यो घरमा बसेको हेर्न नपाइकन बहिनीको यो दिन आयो ।
लमजुङको खुदी माइती भएकी भुजेलको १३ वर्ष अगाडि भक्तबहादुर भुजेलसँग प्रेम विवाह भएको थियो । मृतक रिताको पाँच कक्षामा पढ्ने दश वर्षको छोरा छन् भने श्रीमान् दुई वर्षदेखि कतारमा वैदेशिक रोजगारी गर्दै आएका छन् ।
रिताको छिमेकी साथी सरिता श्रेष्ठ कुनै एक युवकले रितालाई समयसमयमा फोन गर्ने गरेको बताउँदै भन्छिन् “त्यस्तो बाहिर गएको जस्तो लागेको थिएन । एक दुई पटक रिताको फोन नउठेपछि मलाई फोन आएको थियो ।”
दिदी र मृतक रिताकी साथी सरिताको बयानले रिता केही समयदेखि प्रेममा परेको सम्बन्ध रहेको देखाउँछ । रिताले श्रीमान्को साथी हो, कतारमा सँगै बस्ने गरेको भन्ने गरेको सरिता बताउँछिन् । श्रीमान् विदेश भएको मौका अर्कासँग नजिक भएकै कारणले रिताले ज्यान गुमाउनु प¥यो भने छोरा टुहुरो भएको छ ।
घटनाको प्रकृति हेर्दा रिताको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले बताएका छन् । हत्यामा संलग्न भएको व्यक्तिले जतिसुकै चलाखी गरे पनि प्रहरीले उसको हुलियाको आधारमा सबै कुरा पत्ता लगाइसेको कारण अपराधी उम्कन नसक्ने कुंवरको भनाइ छ ।
असार २१ गते कङ्गारु होटल बसपार्कमा बसेका एक व्यक्ति (नाम गोप्य राखिएको छ) २२ गते कतै गएर असार २५ गते होटलको चावी बुझाइ अर्की महिला लिएर नजिकैको होटल कलशमा घटना घटाएको हुनाले छिट्टै पक्राउ पर्ने प्रहरीको भनाइ छ ।
मृतक भुजेलको शव सोमबार बिहान मुचुल्का गरेपछि पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।
२०६१ सालयता चितवनका विभिन्न होटलमा चार महिलाको हत्या भइसकेको तथ्याङ्क छ । होटलहरुले आचारसंहिता लागू गराउन नसक्दा यस्तो घटना हुने गरेको बताउँदै प्रहरी उपरीक्षक कुँवर होटलहरुले सही फोन नम्बर हो कि होइन भनेर जाच्ने काममात्रै गरे पनि यस्ता दोषीहरु लामो समय उम्कन नसक्ने बताउँछन् ।
साभार : सञ्चारपत्र