गुलरिया (बर्दिया) : बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीमाथि गएराति चोरीसिकारी गर्नेहरुले गोली चलाएका छन्। सेनाले गस्ती गर्ने क्रममा बाँसगढी नगरपालिका भास्तालस्थित रहेको पोस्ट नजिकै एक्कासि गोली चलेको थियो। लगत्तै सेनाले जवाफी फायरिङ गर्दा सिकारीहरु भागेका छन्। ६ जनाको समूहमा रहेका उनीहरु २ थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएको सेनाले बताएको छ। जरायो, सालक, दुम्सी र माछाको सुकुटी रहेको निकुञ्जले जनाएको छ। फरार रहेका सिकारीको खोजी कार्य जारी रहेको बताउँदै सर्च अप्रेसन सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी बताए।रासस
 
Top