पुर्वी चितवनको खैरहनीमा रहेको शुभ लक्ष्मी गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा ३ जोडीलाई प्रहरीले
पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीले हिजो  दिउसो गेष्ट हाउसमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

होटलमा छापा मार्ने क्रममा उनीहरु आपत्तीजनक अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए ।उक्त गेष्ट हाउसमा अनैतिक यौन कृयाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियोे ।


गेष्ट हाउसका संचालक भने फरार रहेको प्रहरीले जनाएको छ । हिजो नियन्त्रणमा लिइएकाहरु माथी अनुसन्धान भइरहेको र आज मंगलबार मुद्दा दर्ता गरिने प्रहरी निरीक्षक कार्कीले बताए ।

साभार : नारायणी अनलाईन 
 
Top