गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कबिहिन भएको एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारीले बिष्णु प्रसाद पोखरेलले प्रहरी घटना स्थल पुगेको र सवार सबैको मृत्यु भएको जानकारी दिए । उनले भने ' दुर्घटना भएको पुष्टि भयो, लाशहरु छिन्न भिन्न छन् , चिन्न सकिने अवस्था छैन' । हेलिकप्टरमा एकै परिवारका चार जना सहित ७ जना सवार थिए। हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र उहिया गाविस खोर्ला गाउँकी लक्ष्मी गुरुङ्ग रहेको गोरखा प्रहरीले जनाएको छ। प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो । हेलिकोप्टर अनुभवी पाइलट रंजन लिम्बुले उडाएका थिए ।
फिस्टेल एयर दुर्घटना : 'लाश छिन्नभिन्न छन्, चिन्न सकिने अवस्था छैन