साउन १९ – युएईको दुवईबाट १० लाख दिहराम (झण्डै तीन करोड रुपैयाँ) उठाएर भागेका लक्ष्मण भण्डारी बुटवलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको उजुरीका आधारमा भण्डारीलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
‘महानगरीय प्रहरी परिसर काठमाडौंबाट उसलाई पक्राउ गर्नु भन्ने आदेश आएको थियो । हामीले पक्राउ गरेर काठमाडौं पठाएका छौं ।’ खड्काले भन्नुभयो । भण्डारीलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । गुल्मी सेवा समाज युएईका अध्यक्ष र लुम्बिनी वेलफेयर सोसाइटीका उपाध्यक्ष रहेका भण्डारीले पैसा उठाएर सम्पर्कविहिन भएका थिए । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि बुधवार काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।
दुवईमा लामो समय कार्यरत गुल्मीको हुंगा ३ का लक्ष्मण भण्डारीले यहाँका नेपाली कामदारहरु तथा कम्पनीहरुबाट झण्डै तीन करोड रुपैयाँ उठाएर फरार भएका थिए ।
गएको चैतको पहिलो साता युएईबाट फरार भण्डारीबारे ठगिएका नेपालीहरुले दूतावासमा निवेदन दिएका थिए । त्यसैका आधारमा परराष्ट्र र कन्सुलर सेवा विभागमार्फत कारबाही गर्न अनुरोध गरेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

Ujyaaloonline