गोरखाबाट काठमाडौं आउने क्रममा नुवाकोटमा दुर्घटना भएको फिस्टेल एयरको हेलिकप्टरमा एकै परिवारका चार जना सहित ७ जना रहेका खुलेको छ। हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र उहिया गाविस खोर्ला गाउँकी लक्ष्मी गुरुङ्ग रहेको गोरखा प्रहरीले जनाएको छ। प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।
