वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको एउटा महत्वपूर्ण गन्तव्य खाडी राष्ट्र साउदी अरेबियामा आर्थिक समस्या चर्किएको छ । समस्या बढे सँगै त्यहाँ काम गर्दै आएका नेपालीहरु पनि प्रभावित हुन थालेका छन । अहिले खाडी मुलुक खासगरी साउदी अरबको श्रमबजार ओरालो लागेको अवस्थामा छ । अन्तराष्ट्रिय रुपमै आर्थिक मन्दीको अवस्था आइरहेको छ । हजारौं कामदारको काम खोसिंदै छ । बेरोजगार र अलपत्र बनाइंदैछ ।
नेपाल सँगै भारत, पाकिस्तान, फिलिपिन्स तथा बङ्गलादेशका कामदार पनि यसको घानमा पर्दैछन् । यसको कारण कच्चा तेलको मूल्यमा आएको गिरावट हो । साउदीको अर्थतन्त्रमा आएको गिरावट हो । यस्तै प्रभाव खाडीका अन्य देशमा पनि पर्ने संकेत देखिन थालेको छ । कुवेत, कतार, ओमन, बहराइन, तथा युएई पनि अछुतो नरहला ।
कतिपय कम्पनीले त अहिले बाटै कामदार कटौती गरिरहेका छन् । अनि कतिले समय सिमा तोकेर आफ्ना कामदारलाई अन्तै काम खोज्न भनेका छन् । तोकेको समयमा उपाय नलागेपछि स्वदेश फर्किने तयारीमा धेरै नेपालीले झोला कसिसकेका छन् । धेरै नेपालीको रोजीरोटीनै गुम्ने अवस्था आएको छ ।
गएको जेठ मसान्त सम्ममा साउदी अरबमा ७ लाख ४३ हजार २ सय ५० जना नेपाली पुगेका छन । ती मध्ये ४ हजार ३ सय ९१ जना महिला छन् । धेरै परिवारले साउदी अरबमा पसिना सँग साटेको पैसाले गर्जो टारिरहेका छन् । अब यी मध्ये कती परिवारको गाँस खोसिने हो यसै भन्न सकिने अवस्था छैन । तर अवस्था डर लाग्दो भएको अनुमान सजिलै गर्न सकिन्छ । त्यहाँका जेलमा रहेका मध्ये ११ जना नेपालीहरुले ब्लड मनी मार्फतको पैसा बुझाउन नसक्दा कडा सजाय पाउने अवस्थामा पुग्न आटेका छन् ।
धेरै जसो कामदारले लामो समय देखि तलब नपाएको र केहीले रोजगारी नै गुमाएका छन् । साउदीको हायलमा सानाफ इन्टरनेश्नल नामक कामदार सप्लाई कम्पनीमा सामान्य मजदुरीका लागि पुगेका ४८ जना नेपाली अहिले अलपत्र अवस्थामा छन् । उनीहरुले गएको ८ महिना यताको तलब सेवा सुविधा पाएका छैनन् भने ६ महिना यता कामबाट समेत निकालिएपछि दयनीय अवस्थामा छ ।
त्यस्तै साउदीकै अलिक विकट ओनेजा र अल कासीममा पनि ४६ जना नेपाली कामदार समस्यामा परेका छन् । त्यसो त युएईको आबुधाबीमा रहेको एमिरेट्स सेक्युरिटी कम्पनीले पनि झन्डै ७० जना नेपालीलाई आगामी १ तारिकदेखी कामबाट निस्कासन गर्दै छ ।
हाल सम्म ७३ जना नेपालीलेमात्रै साउदी अरब स्थित नेपाली दूतावासमा सहयोगका लागि निवेदन दिएको कार्यवाहक राजदूत आनन्द प्रशाद शर्माले बताउनुभयो । साउदीमा अलपत्र अवस्थामा रहेका आफ्ना नागरिकलाई सहयोग गर्न भारत र पाकिस्तानका अधिकारीहरु सम्बन्धित स्थलमै पुगेका छन् । विडम्बना नेपाली नीकायहरु समस्यामा परेका नेपालीहरुको आवेदन सङ्ख्या गन्दै बस्दै छ ।
भारतको केन्द्र सरकारले आफ्ना केन्द्र स्तरका मन्त्री पिके सिङलाई साउदी पठाएर आफ्ना नागरिकको उद्दारमा सहयोग पुर्याउन खटाइसकेको छ । साउदी अरबमा अलपत्र परेका भारतीय कामदरको उद्दारका लागि जनरल सिङ गएको बुधबारनै जेद्दा पुगेर भोक–भोकै परेका आफ्ना नागरिकलाई खानेकुरा बाडिरहेका छन् । त्यस्तै काम पाकिस्तानी अधिकारीले पनि गरिरहेका छन । तर नेपालको उपस्थिती सुन्य छ । पीडितले साउदी कम्पनीले कामबाट निकालेको, तलब नदिएको, लगायतका गुनासो गरेका छन् ।
साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले समस्यामा परेकाहरुलाई भारतीय कामदारहरुलाई जसरी फर्काइन्छ हामीले पनि त्यसरी नै फर्काउने कुरा सुनाएर आफ्नो जिम्वेवारी पुरा भएको ठानेको छ । पीडित आत्तिएका छन् । हारगुहार गरिरहेका छन् ।
तर सरकारले परदेशमा पनि आफ्ना नागरिक रहेको कुरा भुल्यो कि क्याहो ? होइन भने यस्तो विपतमा किन साथ पाउँदैनन् । रेमिट्यान्स हिसाव गर्ने सरकारले दायीत्व वोध गर्नु पर्छकि पर्दैन ? देशमा रोजगारी नपाएर परदेशको मरुभुमिमा जान वाध्य नेपालीलाई हाम्रो देशमा पनि सरकार छ भनेर सम्झन लायक बनोस् ।
साभार : उज्यालो अनलाईन