गुञ्जनगर । पश्चिम चितवनको चित्रवन नगरपालिका स्थित चनौली बजारमा मालपोत कार्यालयको शाखा खुल्ने भएको छ ।
चितवन क्षेत्र नं ५ का सांसद एवम् भूमि सुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डेको निर्देशनमा भूमि सुधार मन्त्रालयका सहसचिव र जिल्ला भूमिसुधार तथा व्यवस्था कार्यालय चितवन र नापी कार्यालय चितवनका प्रमुखहरूको स्थलगत भ्रमण पश्चात शाखा खोल्ने प्रक्रिया अघि बढेको हो ।
शाखा खोल्ने सम्पूर्ण प्रक्रिया पूरा भएको यस अभियानका संयोजक एकनारायण पौडेलले बताए । पश्चिम चितवनबासीले भोग्नु परेको समस्या र झंझटको कारणले गर्दा असार ७ गते देखि नै स्थानीयले मालपोत कार्यालयको शाखा खोल्न हस्ताक्षर अभियान चलाएका थिए ।
साभार : चितवन पोष्ट दैनिक
