चितवन,
पूर्वीचितवनको रत्ननगरमा एक बेवारिसे शव फेला परेको छ । रत्ननगर १४ स्थित सय बिगाहामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार राती शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहान शव उठाएर पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाएको छ । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । शवको अवस्था हेर्दा कुनै प्रकारको घाउचोट नदेखिएकोले हत्या हो या होईन भनेर पोष्टमार्टम रिपोर्ट आए पश्चात् मात्रै भन्न सकिने ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
