राजदुत सँग भेट , साउदी कारागारमा रहेका नेपालीलाई रिहाइ गर्न उपराष्ट्रपति पुनको आग्रह
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका लागि साउदी अरबका राजदूतसँग आज भएको भेटघाटमा अहिले कतिपय नेपाली कैद भुक्तानी भएपछि पनि जरिवाना बुझाउन नसक्दा कारागारमै बसिरहनु परेको हुँदा सहयोगका लागि आग्रह गर्नुभएको छ ।
कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उपराष्ट्रपतिले र नेपाल–साउदीबीच विगतदेखि सद्भाव र विश्वासमा आधारित सम्बन्ध रहेको र आगामी दिनमा समेत सुमधुर हुने बताउनुभयो ।
राजदूतले साउदी–नेपाल सम्बन्ध धेरै पुरानो र घनिष्ठ रहेको र यसलाई अझै सुधार्नुपर्नेमा जोड दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
