भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डले आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या बुझ्ने कार्यलाई अघि बढाएका छन् । शुक्रबार माडीका विभिन्न १२ स्थानका कार्यक्रममा सहभागि भएका मन्त्री पाण्डेले आफुले माडीको विकास द्रुत गतीमा अघि बढ्ने आश्वासन दिएका छन् । बरुवा बजारमा स्टार स्पोर्टस क्लबले आयोजना गरेको सम्मान कार्यक्रममा उनले चुनौती स्वीकार गरेर काम गर्न आफु मन्त्री बनेको जीकिर गरे । bikram
“जनताको आर्शिवाद लिएर सिंहदरबार फर्किदैछु” उनले भने,“जनताको समस्या बुझ्न गाउ“ टोलसम्म पुग्ने कार्यलाई अझै निरन्तरता दिनेछु ।” उनले आफुले भूमिसुधार तथा व्यवस्था मन्त्रालय सम्हालेपनि माडीको विकासको गती मन्द नहुने बताए ।“ गोविन्दवस्तीदेखि पाण्डवनगरसम्मको रिउखोला तटबन्धन गरि पर्यटन मार्ग बनाउने काम सुरु हुने जानकारि दिए । राप्तीपुलदेखि पर्सा ठोरीसम्मको मुख्य सडक फराकिलो तथा स्तरोन्नति गर्ने काम सुरु हुने बताए । “विकासको काम चर्को रुपमा अघि बढाउ“छु”, उनले भने,“माडीमा कालोपत्रे चक्रपथ बन्ने काम सुरुवात हुने चरणमा पुगिसकेको छ, विकासको बाटो खुलेको छ ।”
उनले माडी बा“दरझुला, बरुवा बजारमा रहेका बाढीपिडीत सुकुम्बासी, बरुवा बसन्तपुर बजारका सुकुम्बासीको समस्या समाधान गर्न पहल गर्ने बताए । उनले सर्वोच्च अदालतमा सुकुम्बासी समस्या समाधान आयोगको मुद्धा विचराधिन अवस्थामा रहेकाले काम गर्न केहि कठिन भएको तर्क गरे । “डेढलकको बेला मन्त्री हुन पुगेको छु”, उनले भने,“मैले दल विशेषको विरोधमा लाग्ने काम नगरि विकासको पक्षमा उभिने छु ।” उनले स्टार स्पोर्टस क्लब बरुवाले यहि ९ गतेदेखि तीज पर्वको अवसरमा सुरु गर्न लागेको नगरस्तरीय फुटबल प्रतियोगिताका लागि १ लाख १ हजार सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री पाण्डे बरुवा, चिरौली, बघौडा, माडी नगरपालिका, बसन्तपुर खुल्लामञ्च, कल्याणपुर, कृतनपुर, देवेन्द्रपुर, जीवनपुर, खरकट्टा,कृष्णनगर, गोविन्दवस्ती लगायतका माडीका मुख्य मुख्य स्थानहरुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागि बनेका थिए । माडीका स्थानीयले पाण्डे मन्त्री बन्नुलाई विकासको सुरुवात हुने अवस्थामा गती थपिने विश्वास व्यक्त गरे ।
यसैबीच, बरुवा बजार चौतारो नजिकै सार्वजनिक जग्गामा बस्दै आएका बाढीपीडित सुकुम्बासीहरुले मन्त्री पाण्डेलाई विन्तिपत्र बुझाएक छन् । ०६४ साल साउन १४ गते र ०६७ भदौ ८ गतेको रिउ खोलामा आएको बाढीले अमेलियाबाट विस्थापित भई बरुवामा बस्दै आएका पीडित परिवारले उद्धार गरि उचित व्यवस्था मिलाईदिन आग्रह गरेका छन् । पीडित श्रीमाया भण्डारीले जग्गा कहि“ नभएपछि सार्वजनिक जग्गामा बस्नुपरेको दुखेसो पोखिन् । राज्यले उचित व्यवस्थापन गरे आफुजस्तै अन्य १८ घरधुरी बसाईसर्न तयार रहेको बताइन् ।
यस्तै बरुवा बजारमा लामो समयदेखि बस्दै आइरहेपनि जग्गाधनि प्रमाणपत्र पाउन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएक छन् । बरुवा बजार चौतारा नजिकै करिव ४ करोड लगानी भई १० घरहरु बनिसकेका छन् । सोही क्षेत्रको ऐलानी क्षेत्रमा बस्दै आएका करिव ४४ घरले २ वर्षअघि नापी भई लालपुर्जा पाएका थिए । पीडित परिवारका सदस्य सूर्य अधिकारीले बजार क्षेत्रकै जग्गाको सीमित भागलाई मात्र लालपुर्जा नदिइनु गलत भएको दुखेसो पोखे । मन्त्री पाण्डेले विस्तृत अध्ययन पश्चात आफुले स्थानीयका मागहरु सम्बोधन गर्ने आश्वासन दिए ।
 
Top