चितवन, साउन ३२–
चितवनको दारेचोकमा दुई यात्रुबाहक बस एकआपसमा ठक्कर खाँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत चितवनको दारेचोक–७ पानी धारामा मंगलबार साँझ काठमाण्डौबाट धरान तर्फ जादैँ गरेको ना ४ ख ४५१६ नम्बरको बस र नेपालगंजबाट काठमाण्डौ जादैँ गरेको लु १ ख ९३६१ नम्बरको दुई यात्रुबाहक बस एक आपसमा ठक्कर खादा तीन जनाको ज्यान गएको हो । दुर्घटनामा दर्ज भन्दा बढि यात्रु घाइते भएका छन । मृतकहरुको परिचय खुलेको छैन ।
मृतक मध्ये एक बालक छन् । बालकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि भतरपुर, मलेखु र स्थानिय पोलिक्लिनिकिमा लगिएको छ । घाईते मध्ये ७ जानको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पानी परिरहेको बेला तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।





