भदौ ७
नव सर्जक तथा अग्रज  गजलकारहरुको संयुक्त गजल संग्रह  "मोतिका पद्चापहरु" को एक भव्य कार्यक्रमका बीच बिमोचन  गरिने भएको छ । यही भदौ १६ गते परेको " मोति जयन्ती " को दिन प्रज्ञा प्रतिस्ठान कमलादीमा कार्यक्रम हुने भएको हो । कार्यक्रम नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा कृष्णहरि बराल को प्रमुख आतिथ्य मा हुने जनाइएको छ ।

निर्दोष  महता 'जय' को संयोजकत्वमा  देश-विदेशमा बस्ने ८४ जना  सर्जकका गजलहरु समाबेश गरिएको "मोतिका पद्चाप"  गजल संग्रहमा माया प्रेमका प्रणय, देशभक्ति र समसामयिक लेखन समेटिएको पुर्वी चितवन रत्ननगर १६ भद्रकाली टोलका युवा गजलकार कृष्ण लामिछानेले जानकारी दिनु भयो ।

त्यसै दिन "मोतिका पद्चाप"  संगै अन्य १३ ओटा साहित्यिक कृती हरुको पनि बिमोचन हुनेछ ।

 
Top