युगिन प्रेम
जिन्दगीमा माया खोज्न छोडेर मायामा जिन्दगी खोज्ने एउटा लहर चलेको आजको समाजको तितो यथार्थ हो;यो अकाट्य र ठोस छ। यसबाट म पनि अछुतो छैन। हुनत प्रेमको शहरभन्दा बाहिर रहेर पशु पनि बाँच्न सक्दैन। भनिन्छ, प्रेम जिन्दगीको आधार हो,सार हो। जीवन प्रेमबिना अधुरो छ,अपुरो छ। तर किन आज मन सँग भन्दा पनितन,भावना,चाहना र करुणासँग माया बस्न थालेको छ। यस्तो आधारबिहिन,जगबिहिन ,गन्तब्य बिहिन माया कहाँ गएर बिस्राम लाग्छ स्वयं माया गर्ने नै अनबिज्ञ छ।
भनिन्छमायामा शक्ती हुन्छ-संसार बदल्ने ।तर मायाले मान्छेलाई किन यस्तो शिथिल,कमजोर र खोक्रो बनाउँदै छ। यहाँ माया हो कि दया हो बुज्न कठिन छ ,दया नै हो भने पनि कुनस्थरको दया हो र यो कहाँ गएर स्खलित हुन्छ , दया गर्नेलाई नै सोध्नु पर्छ।मायारुपी छालले हुटिट्याउँ बनाएको छ, एकले अर्कालाई। साँच्चै यो तौल बिहिन सम्बन्ध कपोलकल्पित छ,क्षणभङ्कुर छ। साचो मायामा त पिडा हुँदैन, त्याग हुन्छ ,आत्मियता हुन्छ र समग्रता हुन्छ।
त्यसो त साँचो र आधारको माया गर्ने प्रेमपुजारिहरुको खडेरी परेको पक्कै होइन तर सम्बन्धको अर्थ नबुज्ने ,क्षणिकता र कामुकताको जगमा खडा भएकोमायाको घोडेजात्रामा चोखो माया गर्नेहरुको हार्दिकताको यात्रा छायाँमा परेको हो। यहाँ कृतिम हाँसो,रोदनको चक्रव्यूमा क्रमश भसिदै छ ,यो समाज। हुन त सबै बाहिरिबिपरित सम्बन्धहरु यौनबाटै निर्देशित हुन्छन्। तर धमिलो पानीमा माछा मार्ने ब्यक्तिगत चरित्रहरु हावी हुनाले थुप्रै गर्भका प्रेमहरु गर्भमै तुहिन वाध्य छन्। यहाँ'फेसबूक'को 'साइन अप'बाट सुरु भएको माया 'ब्लक'बाट अन्त्य हुँदै छन्। नयाँ मोबाईलबाट उदाएको माया 'सिमकार्ड' परिवर्तन सँगै अस्ताउँदैछन।
मैले यहाँ धेरै डिप्रेसनसम्म पुगेका साथीहरु देखेको छु,जसले मायामा यति धेरै आशा र अभिलाषा राखेका रहेछन कि जुन पुरा नहुँदा उनिहरुको लक्ष्यनैबिस्फोटित भएर जीवन मरणको दोशाधमा रुमल्लिरहेकाछन। साथीहरु त्यती धेरै माया गर्नुस् आफ्नो मायालुलाई ता कि उसले तपाईंलाई छोडेर गए पनि तपाई बाँच्नसक्नुहोस। अत:कहिल्यै धोका नखाने माया भनेको आमालाई गर्ने माया हो!!!इतिश्री।।
पवन लामिछाने'विक्रान्त'
चितवन,नेपाल
हाल:- टेक्सस,अमेरिका
