भाद्र ११, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको शक्तिखोरलाई औद्योगिक नगर बनाउन आफूले पहल गर्ने बताएका छन् । उनले उक्त ठाउँलाई औद्योगिक नगर बनाउने प्रस्ताव रणनीतिक महत्त्वको भन्दै सरकारले प्राथमिकता दिने बताएका हुन् ।
चितवन उद्योग संघका प्रतिनिधिहरूसँगको शनिबारको भेटमा उनले उक्त जानकारी दिएका हुन् । प्रतिनिधि मण्डलले शक्तिखोर स्थित साढे २ हजार बिघा जमिनलाई औद्योगिक नगरीको घोषणा गर्ने प्रस्तावसिहत भेटेको थियो ।
शान्ति प्रक्रियामा आएपछि माओवादी पूर्वलडाकु छापामारको क्याम्प रहेका कारण उक्त ठाउँ चर्चामा आएको थियो ।
