होटेल ड्यानिअल । बिर्तामोडस्थित यो होटेल झापा जिल्लाका महागा होटेलमध्ये एक हो । गत २९ असारमा सोही होटेलमा एउटा भव्य बिहे थियो । क्यानडाका एक पिआरवाला युवकको राम्रो आर्थिक अवस्था भएकी स्थानीय युवतीसँग बिहे थियो । क्यानडाको पिआरवाला युवकलाई छोरी दिन पाउादा बेहुलीको परिवार खुसी थियो । त्यही खुसीमा उनीहरूले ठूलै रकम खर्च गरेर होटेलमा बिहे गराएका थिए ।
बिहेपछि दुलाहा–दुलही हनिमुन मनाउन ताप्लेजुङ गए । हनिमुन मनाएर फर्किएपछि युवतीले फेसबुक खोलिन् । युवकको तस्बिरमा जन्ती पक्षका एक युवकले ‘आज एक अनाथ युवकको भव्य बिहे भयो’ भन्दै बिहेको तस्बिर फेसबुकमा हालेका रहेछन् । त्यही फोटोको एउटा कमेन्टले युवती छाागाबाट खसेजस्तै भइन् । फेसबुकमा राखिएको सो तस्बिर युवकका आफन्तले पनि देखे । भर्खर बिहे गरेको तस्बिर देखेपछि ती आफन्तले फेसबुकमा राखिएको फोटोमा टिप्पणी लेखे, ‘कहाँको यो अनाथ हुनु, यो त ठग हो ।’
सो कमेन्ट देखेपछि युवतीका आफन्तको मनमा चिसो पस्यो । उनीहरूले ज्वाइामाथि ‘केरकार’ गर्न थाले । ज्वाइाले सुरुमा ढाँट्ने प्रयास गरे । ससुराली पक्षलाई उनका कुरा चित्त बुझेन । उनले काठमाडौंमा आफ्नो प्रशस्त जग्गा–जमिन रहेको भनेर धाक दिए । त्यसकारण ज्वाइालाई लिएर उनीहरू सम्पत्ति हेर्न काठमाडौं आए । तर, काठमाडौंमा आफ्नो जग्गा देखाउन नसकेपछि ससुराली पक्षले उनलाई गत साउन पहिलो साता महानगरीय अपराध महाशाखामा बुझायो, महाशाखाले काठमाडौं परिसरमा बुझायो । प्रहरीमा बुझाएपछि मात्र थाहा भयो, ज्वाइा त क्यानाडाका पिआरवाला होइनन् । पिआर रहेको भ्रममा पारेर चितवनका महेश पराजुलीले त्यसरी ठगी गर्ने उद्देश्यले बिहे गरेका थिए ।
पिआरको लोभमा बसचालकको फन्दा
फुलिसकेका दाह्री–जुागा । ठूलो पेट । पढाइ ‘अन्डर एसएलसी’ । बोलीमा पनि कुनै मिठास छैन । तर, पनि तिनै युवकका पछाडि मास्टर डिग्री पढेकादेखि धनाढ्य युवती पछि लाग्थे । नर्स र एक महिला पत्रकारले पनि उनीसँग बिहे गर्न मरिहत्ते गरे । केहीले त बिहे गरेर सँगै बसे पनि । युवतीहरू पछि लाग्नुको कारण उनीसँग भएको क्यानाडाको स्थायी बसोवासको अनुमतिपत्र (पिआर) थियो । त्यही पिआर देखेर चितवनका ३७ वर्षीय महेश पराजुलीका पछाडि दर्जनौा युवती लागे ।
तर, बिहे गरेर क्यानडा जाने सपना देखेका ती युवती अहिले बर्बाद भएका छन् । पराजुली प्रहरी हिरासतमा छन् । हिरासतमा पुगेपछि थाहा भयो– उनी बस चालक रहेछन् । विदेशी पिआरको लोभ देखाएर ठगी गर्ने पराजुलीजस्ता दर्जनौा युवक सहरमा सक्रिय छन् । सर्वसाधारण सजिलै उनीहरूसँग फस्ने गरेका छन् । पिआरको प्यारले धेरै सर्वसाधारण बर्बाद भएका छन् ।
तीन सातादेखि हिरासतमा
चितवनको भरतपुर– ९ घर भएका पराजुलीले उनीजस्तै धेरै युवतीसँग बिहेको नाममा ठगी गरेको खुलेको छ । पराजुली तीन सातादेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध मानव बेचबिखन र जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले बताए ।
‘फेसबुकमा युवतीहरूलाई साथी बनाई पछि बिहेको प्रस्ताव राखेर ठगी गर्दै आएको देखिन्छ,’ एसपी थापाले भने, ‘झापामा पनि एक युवतीलाई भ्रममा पारेर बिहे गरी शारीरिक सम्बन्ध राखेकाले हामीले जबर्जस्ती करणी मुद्दा चलाएका हौा ।’
चार महिनामा चार ठगी
यो सबै कहानी गत वैशाखबाट सुरु हुन्छ । पराजुलीको बिर्तामोडकै एक अधबौसे महिलासँग फेसबुकमा चिनजान भयो । पराजुलीले नै ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएर चिनजान गरेका थिए । ‘दिदी म त अनाथ मान्छे, कोही छैनन्, एउटा राम्री केटी भए बिहे गरेर क्यानडा नै जाऔा भन्ने लागेको छ ।’
त्यसपछि ती महिलाले असल नियतले नै आफ्नै छिमेकी युवतीको प्रस्ताव राखिन् । फेसबुकमा पराजुली र ती युवती साथी भए । च्याटमै दुवैबीच कुरा हुँदै गयो, बिहे गर्न दुवै राजी भए । त्यसपछि युवतीले आफ्नो परिवारसँग कुरा गर्न झापा बोलाइन् । युवक झापा गए । क्यानडाको पिआर भएको र टन्न सम्पत्ति भएको युवक भएपछि युवतीको परिवार बिहेका लागि राजी भयो । भव्यताका साथ बिहेको तयारी भयो ।
पराजुली करिब ६ लाख रुपैयाँबराबरको गहना लिएर गएका थिए । तर, क्यानडाको पिआर भएको युवकले थोरै मात्र गहना ल्याएको भन्ने गुनासो सुनेपछि झापामै उनले ५ तोला गहना थपेका थिए । जन्तीका लागि पनि उनले ठूलै नाटक गरे । ललितपुरको हात्तीवनस्थित एक अनाथालयमा गएर उनले चिनजान गरे । आफ्ना बुबाआमा सानैमा बितेकाले आफू अनाथालयमै हुर्किएको भन्दै १० हजार रुपैयाँ सहयोग गरे ।
त्यसपछि बारम्बार त्यहाा गइरहन्थे । पछि, आफ्नो बिहेमा पनि जानुपर्छ भन्दै सोही अनाथालयका कर्मचारी तथा बालबालिकालाई जन्ती लिएर झापा गएका थिए । गाडीबाट नभई प्लेनबाटै उनले जन्ती लगेका थिए । आफन्तलाई जन्ती लैजाादा आफ्नो पृष्ठभूमि खुल्ने भएकाले उनले सो नाटक गरेका थिए । तर, सोही अनाथालयबाट गएका एक व्यक्तिले राखेको फोटो र स्टाटसका आधारमा पराजुली फन्दामा परे ।
सोही फोटोमा आफन्तले गरेको कमेन्टपछि उनको रहस्य खुलेको हो । तर, त्यसरी ठगिने उनी एक्ली युवती होइनन् । त्यसअघि उनले क्यानडाको पिआरधारी भएको भन्दै कम्तीमा चार युवतीसँग बिहेको नाटक गरी ठगी गरिसकेको प्रहरीले जनाएको छ ।
बुटवलमा २० लाख
ठगी बुटवलकी एक युवतीसँग बिहे गरेर उनले २० लाख रुपैयाँ ठगी गरिसकेका थिए । बुढानीलकण्ठमा आफूले ४० आना जग्गा किनेको र त्यसका लागि अलिकति पैसा नपुगेको भनेर ती युवतीसाग २० लाख लिएका थिए । युवतीले आफ्नो जग्गा मासिक ५० हजार ब्याज तिर्ने गरी दृष्टिबन्धक राखेर पैसा लिएर उनलाई दिएकी थिइन् । तर, पैसा लिएपछि उनी एक्कासि सम्पर्कविहीन भए । त्यस्तै पोखराकी एक पत्रकार तथा काठमाडौंकी एक नर्सलाई पनि उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
फेसबुकमार्फत नै सबैसँग चिनजान गरी उनले ठगी गरेका हुन् । कसैलाई पनि उनले आफ्नो नाम ढााटेका थिएनन् । सबैलाई आफू अनाथ भएकाले सानैमा क्यानडा गएको र उतैको पिआर रहेको भन्दै झुक्याएर ठगी गरेका हुन् । फेसबुकमा उनले आफ्नो पिआरसम्बन्धी कागजपत्र पोस्ट गर्थे । त्यही पोस्टका आधारमा युवतीहरू उनको पछि लागेका थिए । पराजुलीले नक्कली कागजपत्र बनाएर त्यसरी ठगीकै उद्देश्यले पोस्ट गर्थे । फेसबुकमा धेरैजसो उनले क्यानडाको पिआरसम्बन्धी समाचार बढी सेयर गरेका छन् ।
विवाहित हुन् पराजुली
१५ वर्षअघि नै चितवनमा बिहे गरेका पराजुलीका छोराछोरीसमेत छन् । तर, परिवारसँग राम्रो सम्बन्ध नभएपछि उनी बाहिर नै बस्दै आएका थिए । करिब चार वर्ष साउदी अरेबियामा ट्रक चलाएर फर्किएका उनी त्यसपछि झापा–काठमाडौं चल्ने बस चलाउादै आएका थिए । तर, फेसबुकबाट युवतीहरू सजिलै ठग्न सकिने देखेपछि उनी यस्तो धन्दामा लागेका थिए ।
‘अधबौसे महिलादेखि १८–१९ वर्षका युवतीलाई उनले आफ्ना प्रेमिका तथा श्रीमती बनाएका छन्,’ अनुसन्धानमा आबद्ध काठमाडौं परिसरका एक प्रहरी अधिकारी भन्छन्, ‘त्यही नक्कली पिआरकै आधारमा उनले धेरै युवतीलाई फसाएका छन् ।’ विदेशमा श्रीमान् भएकी दुई बच्चाकी आमासँग समेत उनले प्रेमको नाटक गरेका थिए । ती महिला श्रीमान्लाई थाहै नदिई पराजुलीसँग विदेश भाग्न खोज्दा ठगिएकी हुन् । धेरैलाई उनले ‘इमोस्नल ब्लाकमेल’ गरेर नजिकिई क्यानडाको सपना देखाएर ठगी गरेका हुन् ।
साइप्रस रहेकी युवतीलाई क्यानडाको सपना
क्यानडाकै सपना देखाएर युवतीहरूलाई ठग्ने युवक गत महिना मात्र पक्राउ परेका थिए । सिन्धुपाल्चोक मांखाका तुलबहादुर तामाङले आफूसँग क्यानडाको पिआर रहेको भन्दै प्रेमको नाटक गरी युवतीहरूलाई ठगी गरेका थिए । साइप्रस रहेकी कुसुम लामालाई समेत नेपाल बोलाएर बिहे गरेर क्यानडा जाने भन्दै ठगी गरेका थिए । आफू क्यानडाको पिआरहोल्डर बताउने जेभी लामाले उनलाई नेपाल बोलाएका थिए ।
आफूलाई करोडपतिका रूपमा प्रस्तुत गरेका जेभीले फेसबुकमार्फत कुसुमलाई मायाजालमा पारेका थिए । कुसुमलाई करिब एक वर्षअघि जेभी लामाले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । उनले ‘एसेप्ट’ गरिन् । फेसबुकको त्यही फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्दा लामाको जिन्दगीमा नसोचेको समस्या आयो । त्यसपछि उनले साइप्रसको जागिर मात्र गुमाइनन्, विवाह गरेर क्यानडा जाने प्रलोभनमा उनको ९ लाख रुपैयाँसमेत गुम्यो ।
फेसबुकमार्फत चिनजान गरी सिन्धुपाल्चोक मांखा घर भएका तुलबहादुर तामाङले योजनाबद्ध रूपमा उनलाई प्रेमको जालमा पारेर ठगी गरेका हुन् । तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उनले फेसबुकबाटै चिनजान गरी अमेरिका र क्यानडा पठाउने भन्दै चारजनासँग ३१ लाख रुपैयाँ ठगी गरिसकेको खुलेको छ । साथी भएपछि तुलबहादुरसँग उनको च्याटमा कुरा हुन थाल्यो ।
लामाले प्राय: विदेशतिर भएको फोटो फेसबुकमा राख्ने गरेका थिए । च्याटमार्फत नै उनीहरू नजिकिँदै गए । ‘साइप्रसमा निकै दु:ख होला, नेपाल आऊ, बिहे गरेर क्यानडा जानुपर्छ,’ तुलबहादुरले कुसुमलाई यसरी फकाए । कुसुमले पनि विश्वास गरिन् । आफ्नी आमा क्यानडामा डाक्टर भएको भन्दै उनले कुसुमलाई ढाँटेका थिए । क्यानडा जाने योजनासहित गत पुसमा उनी साइप्रसबाट नेपाल आएकी थिइन् ।
दुवैजना बिहे गरेर क्यानडा जाने योजना बन्यो । तुलबहादुरले आफूसँग क्यानडाको पिआर रहेको र डिपेन्डेन्ट भिसामा कुसुमलाई क्यानडा लैजाने योजना सुनाएका थिए । त्यसका लागि केही पैसा लाग्ने भन्दै कुसुमसँग उनले नौ लाख रुपैयाँ लिएका थिए । तर, पैसा लिएपछि तुलबहादुर एक्कासि हराए ।
त्यसपछि मात्र कुसुमले आफू ठगको फन्दामा परेको थाहा पाएकी थिइन् । त्यस्तै, सिर्जना दोङलाई उनले नौ लाख रुपैयाँ ठगी गरेका थिए । लेबनानमा रहादा उनको फेसुबकमार्फत तुलबहादुरसाग चिनजान भएको थियो । तुलबहादुरले आफू क्यानडा जाने तयारीमा रहेको बताएका थिए । र, उनलाई पनि डिपेन्डेन्ट भिसामा लैजाने प्रस्ताव गरे । त्यसबापत नौ लाख रुपैयाँ लिए । आफू क्यानडाको पिआरहोल्डर भएको देखाउन उनले नक्कली कागजपत्र तथा फोटोसमेत देखाई विश्वासमा पारेका थिए । सिर्जनाले आफू मात्र होइन, भाइहरूमार्फत क्यानडा जान खोज्ने अन्य व्यक्तिसमेत तयार पारिन् । भाइहरू सञ्जय दोङ र भीम लामामार्फत पनि ११ लाख रुपैयाँ लिए । पैसा पाएपछि उनी सम्पर्कविहीन भएका थिए ।
दार्चुलाका ३२ वर्षीय मदन नाथ गत १४ असारमा क्यानडाकै पिआर बनाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परे । उनले दाङ लालमटियाका सीता सेन र मानबहादुर खत्रीलाई ठगी गरेका हुन् । मदनले सेनलाई ६ लाख ८० हजार तथा खत्रीलाई तीन लाख ८२ हजार रुपैयाँ ठगी गरेका हुन् । उनी पुतलीसडकस्थित इन्फोहब एजुकेसन कन्सलटेन्सीमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
कन्सलटेन्सीमार्फत नै पिआर दिलाइदिने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ । दूतावासका व्यक्तिसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै विदेश पठाउने तथा पिआरसमेत मिलाइदिने प्रलोभनमा पारेर ठग्ने घटना बढ्दै गएको प्रहरीले जनाएको छ । सर्वसाधारण पनि विकसित देश जान भनेपछि सजिलै लाखौा रुपैयाँ खर्च गर्न तयार हुने गरेका छन् ।
पिआरका नाममा ठगी बढ्यो
क्यानडाले नेपालीलाई पिआरमा केही सहजता प्रदान गरेको छ । त्यसकारण पिआर लिएर क्यानडा जाने लहर नै चलेको छ । क्यानडा गएर पनि जागिर पाउन निकै कठिन छ । त्यसकारण केही एजेन्टले भने क्यानडामा काम पनि लगाइदिने र जब अफर लेटर नै मगाउने भन्दै मान्छेलाई प्रभावमा पार्न थालेका छन् । तीनैमध्ये एक हुन्– अर्घाखाँची खनदहका ३६ वर्षीय रामप्रसाद खनाल ।
उनले रोजगारीसहित क्यानडाको पिआर मिलाइदिने भन्दै दर्जनौा व्यक्तिलाई ठगी गरेका छन् । गत १७ साउनमा पक्राउ परेका उनी महानगरीय प्रहरी परिसरको हिरासतमा छन् । बत्तीसपुतलीमा ब्राइट फ्युचर कन्सलटेन्सी चलाउने खनालले रोजगारीको ग्यारेन्टीसहित क्यानडा पठाउने भन्दै प्रतिव्यक्ति १२ देखि १८ लाख रुपैयाँ लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
उनले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रबिनकुमार रौनियार, कृष्ण पाण्डे, देवबहादुर राई, नवीनकुमार झा, उमेश खड्का, रेआ कडेरिया, कल्पना कडेरिया, निशा बराल, रिमा क्षेत्र, विक्रान्त केसी, राजन सुवेदी, रामचन्द्र पौडेल, सुनील घिमिरे र बबिता गुरुङलगायतलाई ठगी गरेका हुन् । १८ जनाबाट ६५ लाख १४ हजार ५ सय रुपैयाँ लिएपछि उनी फरार भएका थिए ।
फरार भएको तीन महिनापछि उनी पक्राउ परेको अपराध महाशाखाका इन्स्पेक्टर गोविन्द पन्थीले बताए । उक्त कन्सलटेन्सीका अर्का सञ्चालक उपेन्द्र अधिकारी भने फरार छन् । उनीहरूले एक भारतीय नागरिकसँग मिलेर ठगी गरेको प्रहरीले जनाएको छ । भारतीय नागरिकले पनि उनीहरूलाई पिआर मिलाइदिने भन्दै ठगी गरेको थियो ।आजको नया पत्रिका दैनिकमा खबर छ l
साभार : खबर चितवन