आममाफीको अवधिमा कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार स्वदेश फर्किन पाउने छन् । कतारको गृह मन्त्रालयले फेसबुकमा सूचना जारी गरेर अवैधानिक कामदारलाई स्वदेश फर्कने सहज वातावरण तयार गरिएको जनाएको छ ।
अवैधानिक कामदारले स्वदेश फर्कने प्रक्रिया पूरा गर्न मन्त्रालयको ‘सर्च एण्ड फलो अप डिपार्टमेन्ट’मा सम्पर्क गर्न सक्नेछन् । कतारले यसअघि सन् २००४ को मार्च २१ देखी जुन २० सम्म आममाफी प्रक्रिया चलाएको थियो । जसअन्र्तगत ६ हजार आप्रवासी स्वदेश फर्किएका थिए ।
