चितवन, –
कालिका नगरपालिका–५ स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहले करिव ६ लाख बराबरको बाख्रा, गोवर ग्याँस निर्माण अनुदान र छात्रवृत्ती वितरण गरेको छ ।
वनको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमकाबीच ६ लाख २४ हजारको अनुदान रकम र छात्रवृत्ती वितरण गरिएको हो । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामजी खनियाँले ४२ जना उपभोक्तालाई बाख्रा, ३८ जनालाई गोबरग्याँस निर्माण अनुदान र ३२ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरे । वनले बाख्रा, बंगुर सहयोग, विभिन्न तालिम किराना पसल र मासु पसल संचालनका लागी सहयोग गर्दै आएको छ ।
 
Top