काभ्रे, साउन ३२ – काभ्रेको बिर्तादेउराली–९ खहरेखोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउने २७ जनाकोनै नाम खुलेका भएको छ । दुर्घटनामा २६ जनाको घटनास्थमानै र एक जनाको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको काभ्रेका एसपी राजेशनाथ बाँस्तोलाले बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परि कात्तिके देउराली–७ का दिपक गौतम, गोविन्द गौतम, कुनामाया परियार, सीता परियार, कात्तिके देउराली–३ का विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली–४ का उमेश बाँस्कोटा, सीता बर्देवा, सुनिल बर्देवाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै मादनकुँडारीकी सुस्मा लामा मगर, औलात सिंह गोठपानी गाविसका रेशम विक, मादनकुँडारी–१ की एलिसा तामाङ, पञ्जा तामाङ, मादनकुँडारी–५ का निलकण्ठ गौतम, विनोद गौतम, छविलाल चौलागाई, सीता गिरी, मादनकुँडारी–३ की माईली तामाङ र रामेछाप लखनपुर–१ की जुनकिरी गौतमको ज्यान गएको छ । इन्द्रकुमारी लामा, लिलानाथ गौतम, कृष्ण परियार, ठुलीकान्छी सुनुवार, विष्णु सापकोटा र इन्द्रकुमारी तामाङको भने ठेगाना खुलेको छैन ।
ज्यान गुमाएकाको शव पोष्टमार्टमको लागि बनेपाको शिर मेमोरियल अस्तालमा ल्याइएको छ । सोमबार काठमाडौंबाट काभ्रेको कोशीपारीका लागि छुटेको बा ३ ख १ सय ६ नम्बरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा पर्नुको कारण बारे अनुसन्धान भइरहेको एसपी राजेशनाथ बास्तोलाले बताउनुभयो ।
घाइते ९ जना टिचिङ, १५ जनाको ट्रमा सेन्टर , धुलिखेल अस्पतालमा ९ जनाको, दीर्घायु अस्पतालमा २ जना, बि एण्ड बी र तीलगंगामा एक एक जनाको उपचार भइरहेको छ । घाइते भएका ३ जना धुलिखेल अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।
  
 
Top