पुर्वी चितवनको  खैरहनी नगरपालीका २ चैनपुर चोकमा आज विहान करीव ९.१५ वजे भएको सवारी दुर्घटनामा १ जनाको मृत्यू भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना २ ख ५७५४ नं को तेल बोक्ने टयाङरले सोही दिशा वाट आउदै गरेको ना ४२ प ४८८६ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल सवार राप्ती नगरपालीका विरेन्द्रनगर वस्ने १७ वर्ष की सविना पुनको मृत्यू भएको छ भने मोटरसाईकल चालक नेशन पुन बुदुजा सामान्य घाईते भएका छन । मृतकको शवलाई पोष्ट मार्टमको लागी मेडिकल कलेज लगीएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख घजिन्द्र वहादुर कार्कीले जानकारी दिए ।मोटरसाइकल र ट्याङ्कर चालक प्रहरीको नियन्त्रणमा रहेका इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
साभार : Great FM (parsa)  को फेसबुक पेज 
 
Top