बोक्सी आरोपमा एक ६० वर्षीया वृद्धालाई गाउँलेले लगातार कुटपिट गरेपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
जिल्लाको खरीहानी गाविस सिमराढी वडा नं.५ निवासी ६० वर्षिया वृद्धा जानकी देवी कापडलाई स्थानीयले एक वर्षदेखि निरन्तर शारीरिक तथा मानसिक यातना दिदै आएका खुलासा भएको छ ।
कुटपिटका कारण उनको हाटखुट्टामा घाउ लागेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।गाउँलेहरुले कुनै असुभ घटना हुँदा वा कोही बिरामी पर्दा जानकीले नै बोक्सी लगाएको भन्दै गाली बेइज्जती गर्ने गरेको र कुटपिट गर्ने गरेको उनका छोरा राम केवल कापडले जानकारी दिए ।
स्थानीयले बोक्सी आरोपमा आमालाई पटकपटक कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खरिहानीमा उजुरी गरे पनि प्रहरी प्रशासनले कुनै चासो नदेखाएको रामकेवलले बताए । प्रहरीले दोषीलाई कारवाही गर्नुको सट्टा आमा र आफुलाई गालीगलौज गरेर धपाएको राम केवलले दुखेसो पोखेको अन्नपूर्ण पत्रिकामा खबर छ ।
कतैबाट सहयोग नपाएपछि कुटाईबाट घाईते आमालाई उपचारका लागि अस्पतालमा भर्ना गराउँदा किन कुटिएको भनि अस्तापलमा खटिएका प्रहरीले सोधेपछि उनले बोक्सीको कुरा बाहिर ल्याएको बताए। अहिले जानकीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् ।