उदयपुर, साउन २५ – विवाह गरेको पतिले छाडेपछि उदयपुरको त्रियुगा नगरपालिकाकी एक गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य हुनुहुन्छ । मानसिक रोग लागेकी त्रियुगा नगरपालिका–५ भातिखर्ककी २२ वर्षे सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाध्य हुनुभएको हो । गर्भवती भएको दुई महिनामा पति बेपत्ता भएको र माइती पक्षले
समेत चासो नदिएपछि उहाँ बिचल्नीमा पर्नुभएको हो । पतिले छाडेपछि वृद्धा सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको हो । ससुरा भीमबहादुर खड्काले भन्नुभयो ‘छोरा कहाँ गयो अत्तो पत्तो छैन, बिरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’
सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा बिवाह भई भातिखर्क आउनुभएकी सृजनाको माइत पक्षलेसमेत कुनै चासो नदिएको ससुरा खड्काले बताउनुभयो । छोरी बिरामी भएको जानकारी गराउँदा समेत माइती पक्ष हेर्न र बिरामीको अवस्था बुझ्न नआएको ससुराले गुनासो पोेख्नुभयो ।
उहाँले भन्नुभयो ‘बुहारी बिरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबाआमा भेट गर्न आउनु पर्ने हो, उनीहरु पनि आएका छैनन ।’ ०७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधि सेवन गर्नु भनेको थियो । तर आर्थिक अभाव भएकाले पुनः पाटन लान नसकिएको ससुरा खड्काले बताउनुभयो ।
गर्भवती महिला त्यसमा पनि खुट्टामा ठूलो चोट लाग्दा उपचारमा समस्या भएको चिकित्सकले बताएका छन् । उनको खुट्टाको घाउ जटिल बन्दै गएको डाक्टरहरुले बताएका ससुरा खड्काले बताउनुभयो । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको ससुरा खड्काको भनाई छ ।
गर्भवतीको अवस्था जटिल बन्दै गएपछि स्थानीय संघ संस्थाको सहयोगमा उहाँलाई उपचारका लागि बुधबार जिल्ला अस्पताल ल्याइएको छ ।
ujyaaloonline