रोजगारिको शिलसिलामा मलेसिया पुगेका केहि कलाकारहरू मलेशीयामै रहेर अाफ्नाे क्षामताकाे बिकाश गरिरहेका छन । पर्सा जिल्लाको ठोरी , निर्मलबस्तीमा घर भई चार वर्ष अगाडी रोजगारी को सिलसिलामा मलेसियामा पुगेका संगम गुरुङ अहिले म्युजिक भिडियो तिर ब्यस्त देखिन्छन् । आफु रोजगाररत स्थानमा पनि समय दिनुपर्ने र आफ्नो रुचिको विषय कला क्षेत्रमा पनि समय दिनुपर्ने भएकोले यतिबेला संगमलाई समयको व्यवस्थापन गर्न निकै कठिन परिरहेको छ ।

सानै देखी संगीत क्षेत्रमा आफ्नो रुची रहेको बताउने संगमले गायक " जनक रुचाल " को 'कहाँ बाट आयौ तिमी धरान बजार घुम्न ' बोलको गीतमा अभिनय गरेर आफ्नो कलाकारिता यात्राको थालनी गरेका हुन ।कसरी यो क्षेत्रमा आउने उत्प्रेरणा मिल्यो भन्ने प्रश्नको जवाफमा संगम भन्छन् " सानै देखी गाँउघरमा हुने कार्यक्रमहरुमा सहभागी हुन मन लाग्थ्यो , छरछिमेकमा हुने पुजाआजा , रोधी लगायत कार्यक्रममा कम्मर भाँची भाँची नाच्थें , बिस्तारै टेलिभिजनमा अरुले अभिनय गरेको देखेर रहर लाग्न थाल्यो , अनि यो क्षेत्रसमा प्रवेश गरें "।
उनले अभिनय आरम्भ गरेको " जनक रुचाल " को 'कहाँ बाट आयौ तिमी धरान बजार घुम्न ' बोलको गीतमा उनि संगै मोरंगका दिनेश श्रेष्ठ र रोजी कुँवरको पनि अभिनय रहेको छ ।
