प्रधानमन्त्री निर्वाचनको मतपरिणाम घोषणा नहुँदै मोदीले दाहाललाई टेलिफोन गरेर बधाई दिएका हुन् । उनी निर्वाचित हुने निश्चित भएपछि दाहाललाई फोन आएको थियो ।

मोदीले ट्विट गर्दै दाहाललाई बधाई दिएको बताएका छन् । मोदीले भारतबाट सहयोगको प्रतिबद्धता जनाउँदै दिल्ली भ्रमणको निम्तो दिएका छन् ।

दाहालपुत्र प्रकाश दाहालका अनुसार मोदीले दुई देशबीचको सम्बन्ध थप मजबुत हुनेमा विश्वास व्यक्त गरेको बताए ।

यसैबीच चिनियाँ राजदूत वु चुन्ताई दाहाल निर्वाचित भएर संसदबाट निजी निवास लाजिम्पाट पुगेलगत्तै बधाई दिन पुगेका थिए ।

प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार दाहाल ३६३ मत पाउँदै निर्वाचित भएका थिए ।




 
Top