म्यानपावर सञ्चालककी श्रीमतीले पोल खोलिन्

घोराही, १८ साउन । अवैध तरिकाले म्यानपावर चलाएको आरोपमा केहि व्यवसायीहरुलाई दाङ प्रहरीले पक्राउ गरेर मोबाइल घुस लिदै छोड्दै गरेको खुलासा भएको छ ।
द ओभरसिज प्रालिका चन्द्र बुढालाई पक्राउ गर्दै छोड्दै गर्दा सो रहस्य खुलेको हो । स्रोतका अनुसार चन्द्र बुढालाई पहिले पक्राउ गरि एउटा स्मार्ट फोन घुस लिएर छोडियो । फेरि बुढालाई पक्राउ गरेपछि सो कुरा खुलेको हो ।
दोस्रोपटक पक्राउ परेका बुढालाई फेरि कुरा मिलाउ त भन्दा चन्द्र बुढाकी श्रीमतिले पहिले मोवाइल दिएर मिलाएको हो अब पनि कसरी मिलाउने त ? भनेपछि सो रहस्य खुलेको हो । त्यसपछि यो घटनाले जिल्ला प्रहरी कार्यालय दाङमा खैलाबैला मच्चिएको छ ।
त्यो मोवाइल कस्ले कहाँ कसरी खायो कस्ले खायो भनेर प्रहरी उपरीक्षक धिरज प्रताव सिंहले तुरुन्त मलाई चाहियो भनेपछि प्रहरीहरु तनावमा रहेका छन् । डीएसपी वा प्रहरी निरीक्षकले घुसमा त्यो मोबाइल लगेको आशंका गरिएको छ । मोबाइल कस्ले लगेको हो भन्ने कुरा आधिकारीक रुपमा खुल्न सकेको छैन् । यो मोवाइल कसरी कस्ले दियो भन्ने कुरा अनुसन्धान भइरहेको छ ।
मोवाइल पास गर्ने माध्यमका रुपमा व्यवसायी र केही पत्रकारमार्फत सम्बन्धित निकायमा पुगेकोले यिनीहरु पनि अनुसन्धानको घेरामा आउने स्रोत बताउँछ ।
स्रोतका अनुसार केहिदिन पहिले गोली काण्डमा पक्राउ परेका केटाहरुबाट पनि मोवाइल घुस लिएर छोडिएको चर्चा चलेको छ । त्यो मोवाइल पनि यो मोवाइल तिनै अधिकारीहरुले लगेको स्रोतको दावी छ । यो काण्डलाई कसरी लिन्छन एसपी सिंहको अर्को अग्नि परिक्षाको रुपमा हेरिएको छ ।

 
Top