पाउने भयो माडी नगरपालिकाले दमकल
स्थानीय विकास मन्त्रालयले माडी नगरपालिकालार्इ एउटा दमकल प्रदान गर्ने भएको छ ।
करिब २ वर्षअघि नगरपालिका घोषित भएको माडी उपत्यकामा आगलागीजन्य घटना नियन्त्रण गर्न दमकलको आवश्यकता परिरहेको बेला मन्त्रालयले दमकल प्रदान गर्न लागेको हो । माडीका बासिन्दा शिक्षा मन्त्री धनीराम (डी.आर) पौडेलको बिशेष पहलमा एउटा दमकल माडी नगरपालिकालार्इ दिन लागिएको हो । नबगठित १७ वटा नगरपलिकाहरुमा दमकल दिने प्रस्ताब रहेकोमा माडी नगरपालिकालार्इ त्यससूचिमा पार्न मन्त्री पौडेलले निरन्तर पहल गर्नुभएको थियो ।
यसैबीच दमकल आउने भएसंगै माडीबासी हर्षित भएका छन् । माडीमा वर्षेनी आगलागीका घटनाका कारण धेरै नै क्षति हुने गरेको कारण अब दमकल आउने भएसंगै यस्ता घटनामा कमि आउने स्थानीयले विश्वास लिएका छन् ।
