चितवने क्रीकेटर सन्दिपलाई सफलता नै सफलता , बोलायो अष्टेलियन क्रीकेट क्लबले
काठमाडौं, भदौ २१ – क्रिकेटर सन्दिप लामिछानेलाई प्रशिक्षणका लागि अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले बोलाएको छ । माइकल क्लार्क क्रिकेट एकेडेमीले सन्दिपलाई प्रशिक्षणमा सहभागी हुन र सन् २०१६–१७ को सिजनमा वेस्टर्न सुबर्बसको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न औपचारिक पत्र पठाएको हो । गएको मे महिनामा हङकङमा रहँदा उनले विश्वकप ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताको उद्घाटन खेलको क्रममा सन्दिप लामिछानेको खेल अवलोकन गरेका थिए । सन्दिपको क्रिकेट क्षमता विकासका लागि क्लार्कले मदत गर्न चाहेको पत्रमा उल्लेख छ । आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन क्लार्कले विशेष अनुरोध गरेका छन् । उनले सन्दिप आफ्नो क्लबमा फिट हुने बताएका छन् ।