उपचारमा सरकारको सहयोगलाई किन अस्वीकार गरे माग्ने बुढाले ?
.
काठमाडौं, असोज २ – हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ स्वास्थ्यमा आएको समस्याका कारण केही समय अभिनयबाट टाढिए । चलचित्र छक्का पन्जाको सुटिङ्गको समय देखिनै बिरामी परेका उनी अहिले भने केही मात्रामा ठिक भएका छन् । स्वास्थ्यमा आएको सुधारसँगै उनी अब आफ्नो कामलाई पनि अगाडि बढाउने सुरमा छन् । बिरामी भएको समयमा धेरै प्रकारको औषधी सेवन गरेका कारण अहिले पूर्ण रुपमा अभिनयनमा सक्रिय हुन नसकेको उनको भनाई छ ।
बिरामी भएको समयमा सरकारले उनलाई विदेशमा उपचार गर्नको लागि सहयोग गर्ने खबरहरु पनि प्रकाशित भएका थिए । तर यी खबरहरुको खण्डन गर्दै उनले यस बिषयमा भने – ‘यो मिडियाले गरेको हल्ला मात्रै हो । उपचारको लागि हामी बाहिर लान पनि तयार छौँ भन्दै सरकारले सहयोग गर्ने प्रस्ताव त आएको थियो । तर यो प्रस्तावलाई म आफैले अस्वीकार गरेको हुँ ।’ उनले भने ‘नेपालका डक्टरहरु पनि सक्षम छन् । उहाँहरुले मलाई तेरो उपचार गर्न सक्दिन भन्नुभएको छैन । त्यसकारण म किन उपचारको लागि बाहिर जाने भनेर आफूले नेपालमै उपचार गरेको हुँ ।’
सरकारको उपचारमा सहयोग गर्ने भनेपनि कलाकार घिमिरेले अस्विकार गरेर आफैले उपचार गरेका छन् । उनले उपचार गर्न आफूनै सक्षम भएको र पैसाको खाँचो नभएको बताउनुभयो ।
उनको उपचारमा सघाउनको लागि अन्य धेरै संघ सस्था व्यक्तिहरु पनि तयार छन् । तर उनले पैसाको कारण आफ्नो उपचार नरोकीएको र उपचार भइरहेको भन्दै आफूले ढिला असर गर्ने औषधी खाइरहेको पनि जानकारी दिए । यो सँगै उनले आफूले अब छोटो समयमा नै आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् ।
