धादिङमा फेरी भयानक बस दुर्घटना, १० को मृत्यु २० घाइते
धादिङमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। विस्तृत विवरण आउन बाँकी छ ।
