पूर्वी चितवनको विभिन्न क्षेत्रमा बिद्युत चोरी गर्ने १० जनालाई कारबाही गरिएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी बितरण केन्द्रले हिजो  गरेको छड्के चेकजाँचको क्रममा विद्युत चोरी गर्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

रत्ननगर नगरपालिकाको माधवपुर, खैरहनीको चैनपुर र कालिकाको शक्तिखोर, जुटपानी, गैरीगाँउ लगाएतको क्षेत्रमा आज छड्के जाँच भएको थियो । टाँडी बितरण केन्द्रका ईन्जिनियर प्रितमराज विष्टको नेतृत्वमा प्रहरी सहित गएको टोलीले विद्युत चोरी गर्ने ५ जना पुरुष र ५ जना महिलालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आवश्यक जरिबाना तिराई दिउँसो छाडिएको छ ।


उनीहरुबाट करिब ५० हजार रुपैयाँ जरिबाना संकलन भएको टाँडी वितरण केन्द्रका सहायक इन्जिनियर तिर्थराज पौडेलले जानकारी दिए । विद्युत चुहाँवट बढी हुने क्षेत्रको पहिचान गरी छड्के चेकजाँचलाई तिब्र पारिएको उनले बताए ।
 
Top