काठमाडौँः भारतीय सेनाले
पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । बिहीबार
बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा
पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका
लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् ।
गतसाताबाट भारत र पाकिस्तानका बीचमा
चर्किएको विवादले अन्तिम रुप लिएको हो । गत साता भारत प्रशासित
काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले
पाकिस्तानको सीमा क्षेत्रमा नियन्त्रण बढाएपछि विवाद अझ बढी चर्किएको हो ।
.
बिहीबार मात्र पत्रकार सम्मेलन गरेर
भारतीय सेनाका लेफ्टिनेन्ट सिंहले भने, ‘यो हमला बुधबार राती गरिएको थियो ।
जब सीमा नियन्त्रण रेखामा आतंकवादी जम्मा हुँदैछन् भन्ने पक्का जानकारी
हामीलाई प्राप्त भयो तब आक्रमण भयो ।’
बिहीबार बिहान २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो ।
पाकिस्तानले भारतीय सेनाले बिना कारण सीमा
रेखामा गोली हानेको जनाएको छ । पाकिस्तानी टेलिभिजन मार्फत् प्रधानमन्त्री
नवाज शरीफले भारतले खुला अत्याचार सुरु गरेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘हामी भारतको खुला
अत्याचारको कडा शब्दले निन्दा गर्छौँ ।’ पाकिस्तानी प्रधानमन्त्री शरीफले
आफ्नो रक्षाका लागि तयार रहेको समेत बताएका छन् ।
रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री
शरीफले आक्रमणको घोर भत्सर्ना गर्दै भनेका छन्, ‘हाम्रो मनशाय शान्ति हो
त्यसलाई कमजोर नठानियोस् ।’
