लौ हेर्नुस हाकिमका मनपरी , गाडी दुरुपयोग गर्दै खैरहनीका कार्यकारी अधिकृत
चितवनको खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । उनले नगरपालिकाको गाडी कार्यालय प्रयोजनको लागि मात्रै नभई मनलाग्दी रुपमा प्रयोग गर्दै आएका छन् ।
नगरपालिकाको गाडी लिएर उनी दिनहुँ आफ्नो घर जाने गरेका छन् । कार्यकारी अधिकृतको लागि नगरपालिकाले खैरहनीमा क्वाटर लिएको छ तर खैरहनीको कार्यकारी अधिकृत ढकाल क्वाटरमा बस्दैनन। उनी दिनहुुँ नगरपालिकाको गाडी लिएर घर जान्छन् । क्वाटरको व्यवस्था रहेपनि खैरहनीको कार्यकारी ढकाल भने क्वाटरमा बस्दैनन । उनी सधै नगरपालिकाको गाडी लिएर भरतपुरस्थित आफ्नै घर जाने गरेका छन् ।कार्यकारी अधिकृतले सरकारी गाडीलाई आफ्नो निजि गाडी जस्तो गरेर प्रयोग गर्ने गरेको स्थानीयबासीले बताए ।
नगरपालिकाले क्वाटरको रकम तिरिरहेको छ तर कार्यकारी अधिकृत ढकाल गाडी लिएर सधै घर तिरै जानेगरेका छन् । यसरी कार्यकारी ढकालले आफ्नो पदको पहुँच देखाउदै नगरपालिकाको स्रोत र साधनको दुरुपयोग गर्दै आएका छन् ।
कार्यालयको गाडी कार्यालय प्रयोजनको लागि मात्रै प्रयोग गर्नुपर्ने प्रावधानको खिल्ली उडाउदै कार्यकारी ढकालले गाडी कुदाउदै आएका छन् । कार्यालय प्रमुखले सामान्यता क्वाटरसम्म जानलाई गाडी प्रयोग गर्न सक्छन् तर सधै घर जान गाडीको प्रयोग गर्न भने नपाइने चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनुभयो । कार्यालयको सवारी साधन कार्यालय प्रयोजनको लागि प्रयोग गर्ने हो व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्न नपाउने उहाँले प्रष्ट पार्नुभयो ।
कार्यकारी अधिकृतको क्वाटरको लागि नगरपालिकाले मासिक १२ हजार भन्दा बढी रकम तिर्दै आएको छ। यता क्वाटरको १२ हजार भन्दा बढी रकम पनि तिर्नु उता गाडीको लागि इन्धनमा खर्च दुवै रकम नगरपालिकाबाटै तिर्ने गरिएको छ । कार्यकारीको यो मनपरिले गर्दा नगरपालिकालाई आर्थिक भार थपिएको छ। यसअघि उनले नगरपालिकाको गाडी रातो नम्बर प्लेटमै कुदाउदै आएका थिए । यस विषयमा संचारमाध्यममा समाचार प्रकाशन भए पछि प्रहरीले कडाइ गरेको थियो ।
जसको कारण कार्यकारी अधिकृत ढकालले गाडीमा सेतो नम्बर प्लेट हालेका थिए । यसरी जनताको करबाट तलब खाने कार्यकारी अधिकृतले मनलाग्दी गर्दा समेत यस विषयमा खैरहनीमा क्रियाशिल रहेका राजनीतिक दलका प्रतिनिधिहरु मौन बसेका छन् ।नगरपालिकाको स्रोत साधनको दुरुपयोग हुँदा समेत दलका नेता मुखदर्शक बनेको स्थानीयको आरोप छ ।
साभार : नारायणी अनलाईन
