तिजको दिन श्रीमानद्वारा बञ्चरोले हानी श्रीमतीको हत्या !
घरायसी विवादले उग्र रुप लिँदा पतिबाट बञ्चरो प्रहार गरी आफ्नै पत्नीको हत्या भएको छ ।कारोबार दैनिकले छापेको छ ।
काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले पत्नी विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए ।दिनहुँजसो मदिरा पिउने रामगोपालले जेठी पत्नीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको भन्ने विषयमा विवाद हुँदा सो घटना भएको थियो ।
विष्णुमाया उनकी कान्छी पन्नी हु्न । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । यसैबीच जिल्लाको भुम्लुटार गाविस–६ मा ६४ वर्षीय वृद्ध तुलाराम तामाङको शव फेला परेको छ । उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन ।
