काठमाडौं। ‘मिल्दासम्म मायाप्रीति, कुरा बिग्रेपछि बाहिरी न भित्री’ अहिले यस्तै तनावपूर्ण जिन्दगीबाट गुज्रदै छन, जापानको राजधानी टोकियोमा नेपाली युवा युवती ।

टाढाको सहर फुकुओकाबाट केही समयअघि सामाजिक सञ्जालमार्फत साथी बनेका उदय राईको कोठामा आई सँगै बस्ने थालेकी मिङ्मा तामाङ आफूमाथि पटक–पटक यौन दुव्र्यहार भएको उजुरीसहित प्रहरी समक्ष पुगेकी छिन् ।
भोजपुर घर भई -१९ जनवरी १९९१ मा जन्म, नागरिकता प्रमाणपत्र नं. ०९१०३१–४२, राहादनी नम्बर ०६९०६१०४) केही वर्षदेखि जापान बस्दै आएका उदयले आफूभन्दा ३ वर्ष जेठी मिङ्मालाई शरण दिँदै शारीरिक शोषण गरेको बताइन्छ ।
अस्पतालमा जाँच गराउँदा मिङमाको शरीरमा पिटाइको निलडाम भेटिएको छ । मिङमाले उदयलाई थुनाउनै चाहिँ चाहेकी छैनन्, बरु २० लाख लिएर विवाद सल्टाउन खोजिएको उनका साथी बताउँछन् ।
यो विवादले किन पनि कानुनी रुप लिइहालेको छैन भने नेपालमा दुवै विवाहित हुन् । १९८८ को सेप्टेम्बरमा जन्मिएकी मिङ्मालाई सन् २०१९ को मे १३ सम्म जापान बस्ने अनुमति प्राप्त छ ।
उनलाई इञ्जिनियर र मानवशास्त्रमा स्पेसलिष्टको हैसियत प्रदान गरिएको छ । वकिल यी दुबै जनाको तर्क वितर्क सुनेर एक आपसमा छु्िट्टई बस्न सुभाब दिएका थिए । तर महिलाको मन कति कमलो भो १५-२० दिनमा अलग बस्यो अनि केटाको शब्द जालमा प¥यो , आफनो कोठा देखायो । सहमतीमै जुट्ने र त्यही क्रममा केटाले कुट्ने शिलशिला चलिरह्यो ।
सिलसिला बढ्दै गएपछि एनजिओ वकिल प्रहरीको सम्पर्कमा पुगेको तर केटोलाई जेल पठाउन नचाहेको सुत्र बताउछन । यी दुईको सम्बन्ध देखेर जापान प्रहरीचाँही किकर्तव्ययीमुढ अबस्थामा छन । आजको जनआस्थामा समाचार छ ।

 
Top