गायक मिलन लामाले गरिबलाई बाँडे सोलार
रत्ननगर,१३ बिहिवार ।
कुनै गीतको सुटिङ थियो न त कुनै सांस्कृतिक कार्यक्रम । मान्छे पनि खासै थिएनन् । सधैं गीत गाउनका लागि स्टेज चढ्ने मिलन लामा मंगलबार फरकशैलीमा एउटा विपन्न समुदायको वस्ती रहेको गाउँमा उपस्थित भए ।
त्यहाँका मान्छेहरु सोच्दै थिए होला कुनै सास्कृतिक कार्यक्रममा मिलन आएको भनेर । तर उनी त्यहाँ गीत गाउनका लागी पुगेका थिएनन् । जो अझै पनि अन्धकारमै वस्न वाध्य छन् त्यस्ता समुदायलाई सोलार वितरण गर्न गायक लामा खैरहनी नगरपालिकाको सिमरेनी पुगेका थिए । त्यहाँ अति विपन्न समुदायको वसोवास छ । ति समुदायका १५ घरपरिवारलाई गायक लामाले प्रति घर एउटा एउटा सोलार वितरण गरे । लोक दोहोरी क्षेत्रमा निकै चर्चा कमाई सकेका रत्ननगर ६ मोहना स्थायी घर भएका गायक लामाले आफ्नो केही रकम र साथीहरुले स्वदेश तथा विदेशबाट पठाएको करिव १ लाख ५० हजार वरावरको सोलार उनीहरुलाई वितरण गरिएको वताए । वितरण सोलारबाट प्रति सोलारबाट ४ वटा सम्म वत्ती बल्छ ।
विद्युत पुगेपनि पैसा अभावका कारण मिटर राख्न नसकेका ति घरपरिवार खुसी भएका छन् । “आफु पनि त्यही अवस्थाबाट आएको हो”, गायक लामाले भने,“विगतलाई सम्झीएर समाज सेवा गर्न पाउँदा खुसी छु ।” सिमरेनी कुमरोज मध्यवर्ती सामुदायिक वन समुहसंग जोडिएको गाउँ हो । वनसंग जोडिएको गाउँमा प्राय गरिव समुदायको बसोबास छ । लामाले उज्यालो मिलन नामको अभियान अन्र्तगत सिमरेनीका विपन्न घरपरिवारलाई सोलार वितरण गरेका हुन् । लामाले यो अभियानलाई विस्तारै वृहत रुपमा लैजाने बताएका छन् । उनको यो अभियानलाई उनका साथीभाई, शुभचिन्तकहरुले आर्थिक सहयोग गरेर साथ दिएका छन् । गायक मिलन लामाले यसअघि रत्ननगरसहित विभिन्न स्थानका गरिव तथा विपन्न समुदायलाई सोलार वितरण गरिसकेका थिए भने त्यस्ता समुदायलाई झुल समेत वितरण गर्दै आईरहेका छन् ।
“लोक दोहोरी गीत गाउँका मान्छेले बढी मन पराउँछन्”, लामाले भने,“उनीहरुलाई माया गर्नु मेरो कर्तव्य हो ।” मिलन लामाले हाल सम्म करिव १५० वटा गीत निकालिसकेका छन् । उनका सवै गीतहरु चर्चित हुने गरेका छन् । कृष्ण भीरमा जाम भन्ने वोलको गीतले मिलन लामालाई निकै चर्चाको शिखरमा पु¥यायो । उनको सोही गीत जीवनकै पहिलो थियो । त्यसपछि हङकङ आईडीले ,माझीदाई पोखरा फेवातालको भन्ने गीत पनि निकै चर्चित भए । पछिल्लो पटक लामाले सत्य कथा नामको गीत वजारमा ल्याएका छन् । उनले वर्षमा एउटा,दुई वटा मात्रै गीत निकाल्ने गरेका छन् । तर ति गीतहरु चर्चितनै हुन्छन् । माया प्रेम भन्दा समय अनुसार परिवेशलाई सुहाउने गीत निकाल्छु मिलन भन्छन् – तर ति गीतहरु चर्चितनै हुने गरेको आफुले पाएको छु ।
