चितवन,असोज ११-

आइतबार त्रिशुलीमा गाडि खसेर पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरेसहित ३ जना र गाडी बेपत्ता भइरहेको अवस्थामा पुन सोही ठाउँ नजिक अर्को दुर्घटना भएको छ। पृथ्वी राजमार्गको दारेचोक-३ स्थित कुरिनटारमा बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ।

गयराति १० बजे लमजुङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको ग १ च ५७०४ नम्बरको एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल खस्दा ३ जना घाइते भएका छन्।  घाइते हुनेहरूमा एम्बुलेन्स चालक स्याङ्जा भोर्लेटारका ५० वर्षीय खेमसिंह गुरुङ, बिरामी स्याङ्जा बिर्घा-९ का १८ वर्षका सुशील थापा र सोही स्थानका बिरामी कुरुवा अन्दाजी ३० वर्षका छवि थापा रहेका छन्।


घाइतेमध्ये चालक गुरुङको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्य दुई सामान्य घाइते भएका छन्।  घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
 
Top