चितवनमा ट्रक र एम्बुलेन्स ठोक्कियो, एकको मृत्यु, ४ घाईते
चितवन, असोज २–
पूर्वी चितवनको रत्ननगरपालिका–७ स्थित टिकौली जंगलमा आज दिउँसो ट्रक र एम्बुलेन्स ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा एम्वुलेन्समा सवार रत्ननगर–१ का करिव ३० वर्षिय माधव चौधरी रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक डिएसपी नारायण रञ्जितकारले जानकारी दिए । नारायणगढबाट टाँडी तर्फ जाँदै गरेको ना ६ ख ४५७२ नम्बरको ट्रकले सोही दिसा तर्फ आउँदै गरेको ग २ च १२७१ नम्वरको एम्वुलेन्सलाई ठक्कर दिँदा उपचार गराएर घर फर्किदै गरेका चौधरीको मृत्यु भएको डिएसपी रञ्जितकारले बताए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ट्रकले एम्वुलेन्सलाई ठक्कर दिदा पछि अनियन्त्रीत हुँदा पछाडीबाट आउँदै गरेको कुखुरा बोक्ने बा १ च ८०४७ नम्वरको बोलेरो ट्रकमा ठोकिन पुगेको थियो । दुर्घटनामा एम्वुलेन्सका चालक तनँहु जिल्लाका उत्तमकुमार भुजेल र बोलेरोका चालक खैरहनी १ का केवल महतो घाईते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको डिएसपी रञ्जितकारले जानकारी दिए । ठक्करपछि ट्रकका चालक फरार रहेका छन् भने उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।
