माडीबासीलाई नागरिकता बनाउन भरतपुरसम्म आउनुपर्ने बाध्यताको अन्त्य
११ असोज।
माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएसंगै माडीबासीलाई नागरिकताको प्रमाणपत्र लिनको लागि भरतपुर सम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । माडी क्षेत्रका नागरिकलाई स्थानीय रुपमा नै सेवा दिने उद्देश्यका साथ स्थापित उक्त कार्यालय मार्फत आज सम्म ३ सय भन्दा बढी माडीबासीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। माडीमा नागरिकता प्राप्त हुन थालेपछि नागरिकता बनाउने उमेर पुगेका सेवाग्राही कार्यालयमा बढी आउने गरेको कार्यालय प्रमुख कृष्ण सुबेदीले हामीलाई जानकारी गराउनु भएको छ। साथै इलाका प्रशासन कार्यालयबाट सम्पादन हुन नसक्ने कार्य जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिने हुदा सेवाग्राहीलाई आवश्यक सरसल्लाह र कागजी प्रक्रियाका बारेमा स्थानीय रुपमा नै जानकारी प्राप्त हुने भएकाले समय र पैसाको बचतका साथै काम छिटो हुने गरेको स्थानीय सेवाग्राहीको भनाइ छ। कार्यालय मार्फत राहदानी पनि माडीमा नै वितरण गर्ने कार्य शुरु गरेमा थप सहज हुने स्थानीयको भनाइ रहेको छ।
