भरतपुर,९ असोज।
माडीमा ल्याण्डलाइन(पीएसटीएन) टेलिफोन सेवा विस्तार कार्यलाई तीव्र पारिएको छ । मोबाइल सेवाको भरमा रहेका स्थानीयले चाँडैनै ल्याण्डलाइन फोन प्रयोग गर्न पाउने भएका छन् । बजार क्षेत्रमा ल्याण्डलाइन फोनको माग उल्लेख्य बढ्न नसकेपछि नेपाल टेलिकम भरतपुर शाखाले माडी क्षेत्रमा सेवा विस्तारलाई पहिलो प्राथमिकतामा पारेको थियो । नेटवर्क जडान गर्न प्राविधिक सहितको टोली माडी क्षेत्रमा खटिएको छ । बरुवा र बसन्तपुरमा मिनि एक्सचेन्जहरु राखेर सेवा दिने तयारी गरेको छ । बरुवामा १ सय वटा र बसन्तपुरमा २ सय वटा टेलिफोन लाइन जोड्न सक्ने गरि सेवा विस्तारको काम थालिएको हो ।


“आउटसाइट केवल नेटवर्कको काम भैरहेको छ”, भरतपुर शाखाका प्राविधिक अधिकृत गोविन्दप्रसाद पौडेलले भने,“दशै अघि नेटवर्क जडान कार्य सकिन्छ, एक्सचेन्जहरु पनि दशै अघि जडान गरिसक्ने लक्ष्य छ ।” ल्याण्डलाइन फोन सेवा विस्तार गर्न पटक पटक माग भएकाले पहिलो चरणमा बजार लक्षित सेवा विस्तार गरिएको उनले बताए । बरुवामा मोबाइल टावर भएकै स्थानमा र माडी नगरपालिका नजिकैको भाडामा लिइएको भवनबाट बसन्तपुर क्षेत्रमा सेवा विस्तार गर्ने काम अघि बढाइएको छ । मिनि एक्सचेन्जहरु भएको स्थानबाट करिव २ किलोमिटर टाडासम्म फोन सेवा विस्तार गर्न सकिन्छ ।


भरतपुर, गैडाकोट, रामपुर, संगमचोक, मुग्लिनमा ठुला एक्सचेन्जहरु मार्फत टेलिफोन सेवा पु¥याइएको छ । ठुला एक्सचेन्जको क्षमता २ सय ५० भन्दा बढी लाइन सेवाको हुन्छ । मिनि एक्सचेन्जको क्षमता ९६ देखि ५ सयसम्मको हुन्छ । भरतपुर शाखामा विगत ५ वर्ष यता ल्याण्डलाइन प्रयोगकर्ताको संख्या स्थीर छ । टेलिकम भरतपुर वितरण केन्द्रअन्तर्गत १३ हजार २ सय ६४ ल्याण्डलाइन टेलिफोन जोड्न सकिने क्षमता छ । “टेलिकमले माडीलाई सेवा विस्तारको नयाँ क्षेत्रका रुपमा लिदै काम गरेको हो”, उनले भने,“चाँडैनै भरतपुरको कल्याणपुर र रामपुरको फुर्तिचोकमा पनि सेवा विस्तार गर्दैछौं ।” माडीमा एडीएसल मार्फत इन्टरनेट चलाउन ल्याण्डलाइनको माग बढी भएको हुन सक्ने उनले बताए । “नेट सुविधा सहज बनाउन ल्याण्डलाइनको माग गर्नेहरु माडीमा बढी छन्”, उनले भने,“ मासिक १ हजार १७ रुपैयाँ तिरेर अनलिमिट नेट सुविधा प्रयोग गर्ने प्रयोजनमा माग बढी भएको हो ।” भरतपुर क्षेत्रमा मात्रै वर्षेनी ल्याण्डलाइनका ६ सय ग्राहक नयाँ हुन्छन् ।सेवा नलिने भन्दै लाइन काटिदिनुप¥यो भन्दै आउने सोही हाराहारीका उपभोक्ता हुन्छन् । भरतपुर शाखा अन्र्तगत १० वटा मिनी एक्सचेन्जहरु छन् । शिवनगरमा एस्चेन्ज विस्तार गर्न सर्वेक्षण भैसकेको छ । यस्तै एक्सचेन्ज विस्तार गर्ने काम पार्वतीपुरमा बाँकी नै छ ।
 
Top