‘राजधानीमै दिइँदै थियो मानव बलि’
भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन्। हवनकुण्ड वरिपरि सात जना गोलो घेरा हालेर बसिरहेका छन्। १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठौ पूजा चलिरहेको छ।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रामा केही छर्कदै छन्। उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन्। ‘सबै हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन्। हड्डी जागेपछि चमत्कार हुने आशमा त्यहाँ उक जोडी मानव बलि दिँइदैछ। पहरी मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन्।
यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भू, सानो भर्याङस्थित घरको अध्यारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्। बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा। घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो- एकाइसौ सताब्दीमा पनि राजधानीमै सोचेनै नसकिने मानव बलो अकल्पनीय निम्त्याइदै थियो।
