चितवन, भदौं २१–

पृथ्वीराजमार्ग अन्तरगत चितवनको दारेचोक–७ चुमखोलाबाट त्रिशुली नदीमा आज विहान ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।

काठमाण्डौंबाट मुग्लिन तर्फ आउँदै गरेको ना ३ ख ९९०६ नम्बरको ट्रक आज विहान करिव ४ बजेको समयमा त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला मोतिसार–३ का २६ का राजकुमार शाह सानु र सनाखत नभएको अर्का एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


यस्तै सोही दुर्घटनामा परिन बारा जिल्लाको कलैया नगरपालिका–२ बस्ने २५ वर्षीय भुवनदेव साह र सोही स्थानका २० वर्षीय रामवली प्रसाद घाईते भएका छन् । उनीहरुको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

फोटोः फाईल
 
Top