कतारमा आममाफीको नीति लागू, घरफिर्तीको लागि कहाँ सम्पर्क गर्ने?
कतार सरकारले विदेशी कामदारका लागि १२ वर्षपछि ल्याएको आममाफीको नीति लागू भएको छ।
यो नीति लागु भएसँगै कतारमा लुकेर बसेका कामदारहलाई स्वदेश फिर्ता हुन सहज हुने भएको छ । अवैधानिक रुपमा बसेका विदेशी कामदार अब बिना सजाय आफ्नो देश फर्कन पाउनेगरी उक्त नीति आएपछि अबैधरुपमा बसेका नेपाली कामदारहरु पनि लाभान्वित हुने भएका छन्।
सेप्टेम्बर १ तारिख देखि डिसेम्बर १ सम्म अर्थात ३ महिनाका लागि कतार सरकारले आममाफीको नीति ल्याएको हो ।
कतारमा ४ लाखको हाहारीमा नेपाली कामदार रहेका छन् जसमा २० हजारसम्म अवैधानिक रुपमा बसेको हुन सक्ने अनुमान श्रम मन्त्रालयले गरेको छ ।
अवैधानिक रुपमा बसेका कामदार स्वदेश फर्किएको २ वर्षपछि फेरि कतार जान सक्ने नयाँ प्रावधान छ ।
फिर्ताको लागि कहाँ सम्पर्क गर्ने?
घर फिर्न चाहनेलाई कतारको सल्वारोडस्थित खोज तथा अनुगमन बिभाग ‘सर्च एण्ड फलोअप डिर्पाटमेन्ट’मा सम्पर्क गर्न कतार सरकारले आग्रह गरेको छ ।
भाषाको समस्या हुनेहरुले आफ्नो देशको राजदुतावासको सम्पर्कमा गएर प्रक्रिया पुरा गर्न पाइने व्यवस्था रहेको कतार सरकारले जानकारी दिएको छ।
कतार सरकारले यसअघि सन् २००४ मा मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो ।
रोजगारदाता कम्पनीले भनेको काम नदिएपछि कतिपय नेपाली कामदार भागेर अर्के कम्पनीमा काम गर्दै आएका छन् भने कतिपय भिसा नाघेर पनि कतारमा लुकेर काम गर्दै आएका छन् ।
यो प्रक्रियामा सहभागी हुनको लागी वैधानिक पासपोर्ट अथवा दूतावासद्वारा जारी ट्राभल डकुमेन्ट, ‘ओपन टिकट’ वा आरक्षित टिकट र आइडी कार्ड सहितका कागतपत्र सहति उपस्थित हुनपर्ने छ।